बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव
काठमाडौँ । नेपालमा बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि चिकित्सकहरूको अभाव रहेको पाइएको छ । बालबालिकामा हुने क्यान्सर रोगीहरूको संख्या बढ्दै गइरहेपनि त्यसको तुलनामा उपचार गर्ने विशेषज्ञहरू भने पर्याप्त नभएको चिकित्सक सनी सिपाईंले बताएकी हुन् ।
कान्ति बाल अस्पतालमा कार्यरत उनले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा बालबालिकामा हुने क्यान्सर रोग उपचारका लागि चिकित्सकहरूको नै अभाव रहेको बताइन् । उनले कान्ति बाल अस्पतालमा पनि आफूसहित २ जना चिकित्सकको भरमा उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताइन् ।
चिकित्सक सिपाईंले सरकारले क्यान्सर अस्पतालहरूको स्तरोन्नति गरेर यसको जाँचका लागि बाहिरको भर पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने आवश्यकता पनि औँल्याइन् । उनले भनिन्, ‘कान्तिको हकमा म र अर्का एक जना चिकित्सक हुनुहुन्छ भने अन्य सेवाहरूमा एक जना वा दुई जना हुनुहुन्छ । जसले गर्दा ती सेवा केन्द्रहरूमा सेवा गर्न पनि केही कठिनाइहरू छन् भने नेपालमा काठमाडौँ बाहिर ती सेवा पुर्याउनका लागि अझै पनि पर्याप्त जनशक्तिको अभाव नै छ जस्तो लाग्छ । सरकारले सेवा दिइरहेका अस्पतालहरूमा स्तरोन्नति गर्नुपर्यो । जाँच गर्नका लागि जुन बाहिर पठाउनुपर्ने अवस्था छ, त्यो नेपालमा नै गर्न सकियोस् ।’
बालबालिकाहरूमा धेरैजसो ब्लड क्यान्सर देखिएको विभिन्न अध्ययनहरूले देखाएको छ । करिब ६० प्रतिशत भन्दा बढी बालबालिकाहरूमा ब्लड क्यान्सर देखिएको चिकित्सक सिपाईंको भनाई छ । उनले त्यसैगरी उनीहरुको बे्रने टयुमर, आँखा, नसा र मिर्गौलामा हुने क्यान्सर पनि क्रमशः देखिएको उपचारको क्रममा पाइएको पनि बताइन् ।
नेपालमा वार्षिक करिब १५ सयसम्म बालबालिकाहरूमा क्यान्सर देखिने प्रक्षेपण छ । त्यही प्रक्षेपणको आधारमा सो रोगका लागि उपचारको व्यवस्था मिलाउने काम गरिएको छ । कान्ति बाल अस्पतालमा मात्रै सो रोग लागेका बालबालिकाहरु वार्षिक रूपमा करिब १६० देखि २ सयसम्म आउने गरेको अस्पतालले जनाएको छ ।
चिकित्सकहरूले सो रोगको उपचारका लागि नेपालमा करिब ८ लाख रुपैयाँसम्म खर्च हुने जानकारी गराएका छन् । चिकित्सक सिपाईंका अनुसार परीक्षणको लागि खासगरी भारत पठाउनुपर्ने भएकाले उपचार खर्च बढ्न सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन
-
रविलाई कानुन व्यवसायी र परिवारको जिम्मा लगाइयो, बिहीबार थुनछेक बहस हुने
-
लुम्बिनी प्रदेशको वित्तीय उत्तरदायित्व विधेयकमाथि दफावार छलफल हुने