किरण रावको लापता लेडिज ओस्कारमा
सोमबार, ०७ असोज २०८१, १७ : २२
![किरण रावको लापता लेडिज ओस्कारमा](https://npcdn.ratopati.com/media/news/lapata-l_D2rS6qvdd2.jpg)
नयाँ दिल्ली । भारतबाट यसपटक ओस्कारमा आधिकारिक रूपमा किरण रावको लापता लेडिजलाई पठाइएको छ । सोमबार फिल्म महासङ्घले यसबारे जानकारी दिएको हो ।
निर्देशक किरण रावलै निर्देशन गरेको उक्त फिल्म सर्वश्रेष्ठ विदेशी फिल्मको कोटीमा मनोनीत गरिएको हो । जानू बरुआको नेतृत्वको १३ जना सदस्य रहेको छनौट समितिले ओस्कारका लागि २९ वटा फिल्मको सूचीबाट यो फिल्मलाई रोजेको हो ।
यसमा १२ वटा हिन्दी, ६ तमिल र ४ मलयालम फिल्म थिए । यी फिल्महरू पछाडि छाड्दै लापता लेडिज ओस्करमा भारतको तर्फबाट आधिकारिक एन्ट्री बनेको छ । नितान्शी गोयल, प्रतिभा रान्टा स्पर्श श्रीवास्तव र रवि किशनको शीर्ष भूमिका रहेको यो फिल्म ग्रामीण पृष्ठभूमिका महिलाहरूको जीवनमा आधारित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० लाख पर्यटक भित्र्याउने गरी पोखरा भ्रमण वर्ष घोषणाको तयारी
-
१२ बजे, १२ समाचार : रविको धरौटी तिर्ने बैंकले धोका खानेदेखि विपिन जोशीको रिहाइका लागि सभामुखको पहलसम्म
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
-
साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन
-
तातोपानी गाउँपालिकाद्वारा १७ विधेयक पारित
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने