बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
सेयर बजार

दीपेन्द्र अग्रवाल र सिप्ला सेक्युरिटीजबिच ‘उजुरी युद्ध’

के हो  १६ करोडको लफडा ?
सोमबार, ०७ असोज २०८१, १७ : ०३
सोमबार, ०७ असोज २०८१

काठमाडौँ । शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल र ब्रोकर कम्पनी सिप्ला सेक्युरिटीज (ब्रोकर नम्बर २०) एक अर्काविरुद्ध उजुरीमा उत्रिएका छन् । सोमबार सिप्लाले अग्रवालविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दिएको छ भने अग्रवालले सिप्लाविरुद्ध कारबाही गर्न माग गर्दै नेपाल स्टक एक्सचेञ्जमा कारबाहीको माग गर्दै उजुरी दिएका छन् ।

सिप्लाले सीआईबीमा दिएको उजुरीमा अग्रवालले हिसाब मिलान गर्ने भन्दै १६ करोडको चेक लिएर भागेको भन्दै उनलाई उपस्थित गराएर चेक फिर्ता गराउन भन्दै उजुरी परेको छ । सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले १६ करोडको चेक फिर्ताको माग गर्दै उजुरी गरेको पुष्टि गरे । यद्यपि उक्त चेक निजकै नाममा जारी भएकोले यसउपर कुनै कारबाही गर्नुपर्ने अवस्था नरहेको उनले बताए ।

त्यस्तै, अग्रवालले भने लेनदेनको सम्बन्धमा तथ्य बुझी कारबाही गरिपाऊँ भनी नेप्सेमा उजुरी गरेका छन् । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले उक्त सोमबार अग्रवालले सिप्लाविरुद्ध उजुरी दर्ता गराएको पुष्टि गरे । उजुरीलगत्तै दुवै पक्ष एक अर्काविरुद्ध मिडियाबाजी गर्न लागिपरेको छ ।

agrawal1agrawal2

के हो सिप्ला र अग्रवालबिचको लफडा?

अग्रवालले विगतमा सिप्लाबाटै शेयर कारोबार गर्दै आएका थिए । यसरी कारोबार गर्दा दुवै पक्षले कारोबार रकम राफसाफ गरेनन् । अग्रवालले चाहेको बेला सिप्लासँग शेयर किनबेच गराए, सिप्लाले पनि त्यसै गरी कारोबार गर्दै गयो ।

तर, हिसाबकिताब बढ्दै गएकपछि दुई पक्षबिच राफसाफमा विवाद हुन थाल्यो । सिप्लाले हिसाब राफसाफ गर्न भन्दै अग्रवाललाई बोलायो । अग्रवालले त्यसलाई बेवास्ता गरेको उक्त सेक्युरिटीजको आरोप छ । अग्रवालले भने सिप्लाले आफूलाई राफसाफका लागि कहिल्यै नबोलाएको दाबी गर्दै आएको छ ।  

अहिले दुवै पक्षले आफूले पैसा लिनुपर्ने दाबी गर्दै आएका छन् । यसअघि पनि दुवै पक्षले नेप्सेमा उजुरी दिएका थिए । यो सम्बन्धमा धितोपत्र बोर्डमा र सीआईबीमा यसअघि समेत उजुरी परेको थियो ।

sipla

को कति दोषी ?

नेपाल फाइनान्समा मुख्य शेयरको होल्डिङ गर्दै आएका अग्रवाल विवादित लगानीकर्ता मानिन्छन् । अनावश्यक रूपमा शेयरको कर्नरिङ गर्ने र मिडियाबाजी गराएर लगानीकर्ता डुबाएको भन्दै उनी विरुद्ध लगानीकर्ताहरूले आक्रोश समेत व्यक्त गर्ने गरेका छन् ।

कुनै समय यो फाइनान्सको मूल्य २३०० भन्दा माथि उनैले पुर्‍याएका थिए । अहिले उक्त शेयरको मूल्य घटेर १४०० हाराहारीमा झरेको छ । यही कारण अग्रवालविरुद्ध सांसद अमरेशकुमार सिंहले संसद्मै कुरा उठाएका थिए । अग्रवाल भने यसको प्रतिवाद गर्दै आएका छन् ।

उता सिप्ला सेक्युरिटिज पनि शेयर कारोबार रकम समयमा राफसाफ नगरेको पटक पटक नेप्सेको कारबाहीमा पर्ने गरेको छ । कतिपटक त उक्त कम्पनीले कारोबार निलम्बनसम्म कारबाही समेत भोग्दै आएको छ । यद्यपि यो प्रकरणमा भने सुरुमा अग्रवाल नै सिप्लाविरुद्ध उत्रिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप