प्रमाण संकलन नगरी पक्राउ गरेको दाबी गर्दै प्रसाईँका छोराले दर्ता गराए बन्दीको निवेदन, भोलि पेसी
सोमबार, ०७ असोज २०८१, १५ : ३०

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अपराधको कुनै प्रमाण नै संकलन नगरी हचुवाको भरमा पक्राउ गरिएकाले तत्काल रिहाइको माग गर्दै उनका छोरा निराजन प्रसाईँका तर्फबाट बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । सर्वोच्च अदालतमा उनलाई रिहाइको माग गर्दै सोमबार निवेदन दर्ता गरिएको हो ।
साइबर अपराधको आरोपमा प्रसाईँ आइतबार पक्राउ परेका थिए भने काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि ३ दिनको म्याद दिएको छ ।
जिल्ला अदालतले तीन दिन थुनामा पठाएपछि प्रसाईँ परिवार सर्वोच्च पुगेको हो । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार निवेदन दर्ता भएको र भोलि (मंगलबार)का लागि पेशी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडलाई दोहोरो घाटा, अप्ठेरोमा पर्न सक्छन् एन्टोनियो रुडिगर
-
लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा फहराइयो
-
समावेशी र नतिजामुखी बजेट निर्माणमा जोड दिन ऊर्जामन्त्री खड्काको आग्रह
-
सुरक्षा पन्तको समर्थन गर्दा ऋचामाथि प्रहार
-
२२५ वर्ष अगाडिको कथामा ‘जार’
-
रवि लामिछानेको मुद्दा पर्सा सरकारी वकिल कार्यालयमा बुझाइयो