काठमाडौँ उपत्यकामा एकै दिन ६ वटा व्यावसायिक फर्मलाई कारबाही

काठमाडौँ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा एकै दिन ६ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ ।
चाडपर्वलक्षित अनुगमन सुरु गरेसँगै विभागले आइतबार काठमाडौँ भक्तपुर र ललितपुरका ६ वटा विभिन्न व्यावसायिक फर्म एवं किराना पसलहरूलाई कारबाही गरेको हो ।
अनुगमनका क्रममा दोषी पाइएका रेस्टुरेन्ट, किराना पसल, मदिरा एवं सुर्तीजन्य पसल, मिठाई पसल र तथा जुत्ता कपडा पसलहरूलाई न्यूनतम पाँच हजार रुपैयाँ देखि २० हजार रुपैयाँसम्मको जरिवाना एवं स्पष्टीकरण सोधिएको वाणिज्य विभागले उल्लेख गरेको छ ।
कारबाहीमा परेका पसलहरूमा नापतौल घटबढ गरिएको अखाद्य वस्तु बेच्ने गरेको पाइएकाले नगद कारबाहीदेखि कागजात मगाउने र निर्देशन दिएको विभागले उल्लेख गरेको छ ।
विभागले पछिल्लो समय चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र बनाएको छ । काठमाडौँ उपत्यकासहित मुलुकभर स्थानीय तहमार्फत बजार अनुगमनलाई तीव्र पारिएको विभागको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक अभियानमार्फत कर्णालीमा काम गर्ने नायक पल शाहको चाहना, मुख्यमन्त्रीसँग भेटे
-
प्रवासी नेपाली सेफहरू 'ग्लोबल स्टार अवार्ड'बाट सम्मानित
-
१० महिनादेखि समितिमा सभापति छैनन्, लेखा समिति सत्ताकै कब्जामा !
-
मधेस प्रदेशका पूर्व प्रमुख राजेश अहिराजलाई लागेको आरोप के हो ?
-
चुरोट गुट्खालगायतका नयाँ उद्योग खोल्न दिने प्रक्रिया सरकारले तत्काल रोकोस् : उपभोक्ता जागरण नेपाल
-
बीवाईडी ईभीमा विस्तारित वारेन्टी नीति लागू