परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गरेकी छन् । उनीहरु संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा अहिले अमेरिकाको न्युयोर्कमा रहेकी छन् ।
मन्त्री डा.राणाले आइतबार इन्डोनेसियाका विदेशमन्त्री रेट्नो एलपी मर्सुदीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै एक सम्झौतापत्रमा हस्ताक्षर पनि गर्नुभएको उनको सचिवालयले जनाएको छ । सो भेटमा नेपाल र इन्डोनेसियाबीचका द्विपक्षीय हितका विविध विषयका साथै आगामी दिनमा आपसी सम्बन्धको विस्तार, विकासमा साझेदारीको पहल, जलवायु परिवर्तनको असर कमगर्न आपसमा हुनसक्ने सहयोग र सहकार्य जस्ता विषयमा कुराकानी भएको थियो ।
यसैगरी उनीहरुबीच नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवद्र्धनका क्षेत्रमा हुनसक्ने आपसी सहकार्य र लगानीका विषयमा पनि कुराकानी भएको थियो । त्यसअवसरमा नेपाल र इण्डोनेशियाबीच कूटनीतिक तथा कामकाजी सरकारी पासपोर्ट वाहकका लागि दुवैतर्फको भिसा निःशुल्क गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो ।
सो सम्झौतापत्रमा नेपालका तर्फबाट मन्त्री डा.राणा र इन्डोनेशियाका तर्फबाट विदेशमन्त्री मर्सुदीले हस्ताक्षर गरेका थिए । मन्त्री डा.राणाले उक्त सम्झौताले इन्डोनेशियासँगको आपसी सम्बन्धलाई आगामी दिनमा थप विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएकी थिइन् ।
त्यसैगरी मन्त्री डा.राणाले हिजो नै बुरुन्डीका विदेशमन्त्री अल्बर्ट सिङ्गिरोसँग पनि द्विपक्षीय भेटवार्ता गरिन् । त्यस अवसरमा उनीहरुबिच आपसी सम्बन्ध र द्विपक्षीय हितका साथै आगामी दिनमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको थियो । नेपाल र बुरुन्डी जलवायु परिवर्तनका कारण बढी प्रभावित दुई भूपरिवेष्टित देश रहेकाले जलवायु परिवर्तनको असर कम गर्ने कार्यमा मिलेर कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा पनि मन्त्री डा राणाले कुराकानी गरेकी थिइन् ।
त्यस्तै आइतबार नै परराष्ट्रमन्त्री डा.राणा र फिनल्याण्डका वैदेशिक व्यापार तथा विकाससम्बन्धी मन्त्री भिल्ली ताभिओबीच पनि न्युयोर्कमा भेटवार्ता भएको थियो । उक्त भेटका अवसरमा मन्त्री राणाले विगत ५० वर्षदेखि नेपाल र फिनल्याण्डबीच रही आएको मैत्रीपूर्ण र आत्मीय सम्बन्ध तथा सहकार्यको चर्चा गर्दै नेपालको आर्थिक सामाजिक क्षेत्रमा फिनल्याण्डले पुर्याउँदै आएको सहयोगको सराहना गरेकी थिइन् ।
भेटमा दुई देशबीचका द्विपक्षीय हितका विविध विषयहरुका साथै आगामी दिनमा गर्न सकिने आपसी सहयोग र साझेदारीबारे पनि कुराकानी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्यम गर्न चाहनेलाई हलेसी तुवाचुङ नगरपालिकाले निर्ब्याजी ऋण दिने
-
‘सार्क नेपालका लागि अपरिहार्य संगठन हो’
-
‘सार्कले गर्दा नेपाललाई केही फाइदा हुँदैन, बरु बीबीआईएन ठिक छ’
-
सैफलाई अस्पताल पुर्याउने अटो चालकलाई बक्सिस दिँदै मिका सिंह
-
संन्यास लिन लागेकी हुन् रश्मिका मन्दानाले ?
-
फूल ‘एक्सन’मा ट्रम्प, सीमामा पठाए १५०० सिपाही