काठमाडौँ महानगरमा आए नयाँ प्रमुख प्रशासकीय अधिकृत

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन् । नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले सोमबार पदवहाली गरेका हुन् ।
भदौ २७ गते बसेको मन्त्रिपरिषद्ले गुरागाईँलाई काठमाडौँ महानगरमा पठाएको थियो । यसअघि उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत ‘समृद्धि आयोजना’को प्रमुखका रूपमा कार्यरत थिए ।
परिचयात्मक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, नेतृत्वको प्रतिष्ठा तथा ओजले काठमाडौँको गौरव वृद्धि भएको र प्रतिष्ठा बढेको बताए । अहिलेको गौरव र प्रतिष्ठालाई कम हुन नदिने गरी सहकार्यबाट काम गर्नुपर्ने बताउँदै उनले नेतृत्वको नीति र कर्मचारी संयन्त्रको कुशल प्रशासनिक एवं व्यवस्थापकीय सिपले काठमाडौँको उचाइ बढ्दै जाने बताए ।
मन्त्रिपरिषद्को निर्णय अनुसार निवर्तमान प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन् । उनको ४ गते बिदाइ भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना
-
ट्रम्पका विशेष दूतले हमासलाई किन भने ह्वाइट हाउसमा सम्पर्क गर्न ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी