सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

चीनको युवा बेरोजगारीदर नयाँ उचाइमा

सोमबार, ०७ असोज २०८१, १४ : १५
सोमबार, ०७ असोज २०८१

बेइजिङ । चीनमा युवा बेरोजगारीदर नयाँ उचाइमा पुगेको छ । अगस्टमा १६ देखि २४ बर्सबिचका युवाहरूमाझ बेरोजगारी दर बढेर १८ दशमलव ८ प्रतिशतमा उक्लिएको राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको हो ।

 जुलाईमा यो दर १७ दशमलव  १ प्रतिशत थियो । यो दर डिसेम्बरमा नयाँ प्रणालीले रेकर्ड राख्न थालेयताकै धेरै हो ।

आर्थिक गतिविधि सुस्ताएको र नयाँ कर्मचारी भर्तीका योजना ठप्प भएको समयमा चीनमा युवा बेरोजगारी दर बढेको विश्लेषकहरू बताउँछन् । जुनमा बेरोजगारी दर १३ दशमलव २ प्रतिशत थियो । अगस्टमा सबै उमेर समूहमा चीनको सहरी क्षेत्रेको बेरोजगारी दर ५ दशमलव ३ प्रतिशतले बढेको छ । यो दर जुलाईमा ५ दशमलव २ प्रतिशत थियो ।

राम्रो खालको तलब दिने जागिर खोज्न युवाहरूलाई झन् झन् कठिन बन्दै गइरहेको बेलायती बहुराष्ट्रिय बैंक एचएसबीसीका प्रमुख अर्थशास्त्री ड्यान वाङले भनेका छन् । सहरी क्षेत्रमा घरजग्गा बजार, वित्त र आइटी जस्ता भर्खरै स्नातक गरेर बजारमा जागिर खोज्ने विद्यार्थीहरूलाई काम दिने उच्च मूल्यका सेवाका क्षेत्रमा गएको तीन वर्षमा सङ्कुचन आएको उनको भनाइ छ ।

अर्थतन्त्र सङ्घर्षरत अवस्थामा रहेको र यस्तोमा आर्थिक स्थिति बिग्रिएर काम गरिरहेका कर्मचारीलाई निकाल्नु पर्दाको लागत झन् धेरै पर्न जाने भएकाले कम्पनीहरूले भर्खरै पढाइ सकेर श्रम बजारमा आएका नयाँ विद्यार्थीलाई भर्ना लिन मानिरहेका छैनन्  । त्यसैले समग्रमा बेरोजगारी दर ठिकठिकै भएपनि युवा बेरोजगारी दर बढेको चाइना मार्केट रिसर्च ग्रुपका संस्थापक शाउन रेइनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप