अस्ट्रेलियामा झुटो दाबी गर्ने सुपर मार्केटमाथि मुद्दा
क्यानबेर्रा । अस्ट्रेलियाको उपभोक्ता नियामकले देशको सबैभन्दा ठुलो सुपर मार्केट चेनमाथि मुद्दा दायर गरेको छ । सयौँ वस्तुको मूल्य स्थायी रूपमा हटाइएको भन्दै झुटो दाबी गरेको भनेर अस्ट्रेलियन कम्पिटिशन एन्ड कञ्जुमर कमिशन (एसीसीसी)ले सुपर मार्केट चेन कोल्स एन्ड वूलवथ्र्समाथि मुद्दा हालेको हो ।
सुपर मार्केटले अस्थायी रूपमा मूल्य बढाएको अनि केही पछि त्यसको मूल्य पहिलाको जत्तिकै वा खास मूल्यभन्दा धेरै राखेर उपभोक्ता कानुन मिचेको एसीसीसीको भनाई छ । आफूमाथिको आरोपको बचाउ गर्ने कोल्सले भनेको छ । वुल वर्थ्सले चाँहि सो दाबीको समीक्षा गर्ने भनेको छ । अस्ट्रेलियाको सुपर मार्केट बजारको दुई तिहाइ हिस्सा कोल्स र वुल वर्थ्सको पोल्टामा छ ।
प्रतिस्पर्धा विरोधी अभ्यास गरेको पाइएपछि पछिल्लो समय कोल्स नियामकहरूको निशानामा परिरहेको थियो । आरोप सत्य साबित भयो भने पूर्णतः अस्वीकार्य हुने र उपभोक्ताहरूलाई मूर्ख जस्तो व्यवहार गर्न नपाइने प्रधानमन्त्री एन्टोनी अल्बानेजले पनि भनेका थिए ।
छानबिनका क्रममा वूलवथ्र्सले २० महिनासम्म २६६ वटा वस्तुको मूल्यबारे उपभोक्तालाई भ्रममा राखेको पाइएको थियो । १५ महिनाको अवधिमा कोल्सले पनि २४५ वटा वस्तुमा उपभोक्तालाई छलेको पाइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति