निर्माता ज्योतिराज राईले दिए आमन्त्रण गोल्डकपलाई सुन र चाँदीजडित ट्रफी
काठमाडौँ । फिल्म निर्माता तथा नेपाल चलचित्र विकास बोर्ड अन्तर्गत आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका संयोजक ज्योतिराज राईले ‘सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ का लागि २ तोला सुन र २ किलो ५ सय ग्राम चाँदीजडित रनिङ ट्रफी प्रदान गरेका छन् ।
आइतबार इटहरीको बेलबारीमा आयोजित एक विशेष समारोहबिच उनले गोल्डकपका लागि रनिङ ट्रफी आफैँले निर्माण गरेर आयोजकलाई प्रदान गरेका हुन् । एल एक्स सिटी फुटबल क्लब अध्यक्ष विक्रम बान्तवा राई र बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले ट्रफी बुझेका थिए ।
निर्माता राईले उक्त ट्रफी आफ्ना स्व.बुवा मेजर एन.बि. रुङमाहाङ राईको स्मृति निर्माण गरिएको हो । ट्रफी निर्माणमा उनलाई परिवारका सदस्य पोपिराज राई, पवित्रा राई, सरला राई र नानु राईले साथ दिएका छन् ।
कार्यक्रममा राईले ट्रफी तयार गर्न करिब ८ लाख रुपैयाँ लागेको जानकारी गराए । ‘खेलाडीहरूको हौसलाका लागि मैले ट्रफि बनाएको हो’, राईले भने– ‘आगामी दिनमा पनि जे सक्छु खेलाडीको हौसलाका लागि सहयोग गर्छु ।’ उनले २०४८/०४९ सालमा आफ्ना बुवाको नाममा नकआउट फुटबल खेल आयोजना गरेको स्मरण गरे ।
निर्माता राईबाट प्राप्त ट्रफी तीन पटक लगातार विजेता बन्ने टोलीलाई ट्रफीको मूल्य अनुरूपको रकम प्रदान गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा ट्रफी बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राई र निर्माता राईको हातबाट अनावरण समेत भयो ।
‘सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ मोरङको बेलबारी नगरपालिका– ११ लक्ष्मी खेल मैदानमा असोज ११ गतेदेखि १९ गतेसम्म आयोजना हुँदैछ । प्रतियोगिताको आयोजना एल एक्स सिटी फुटबल क्लबले गर्दैछ । खेलकुदले स्थानीय खेलाडी र खेलकुदप्रेमीहरूलाई प्रोत्साहन प्रदान गर्ने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता