समाचार
सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त
सोमबार, ०७ असोज २०८१, १२ : ४१

सुर्खेत । सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त बनेको छ । मृतक महिलाका आफन्तहरूले डाक्टरहरूको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलन गरेका हुन् ।
गए राति वीरेन्द्रनगर नगरपालिका–६, की १९ वर्षीय शर्मिला कुमालको उपचारका क्रममा मृत्यु भएको हो ।
आइतबार सुत्केरी बेथा लागेर अस्पताल भर्ना भएकी उनको रक्तस्राव भएको र आइसियुमा राखेर उपचार गर्दै गर्दा गए राति मृत्यु भएको अस्पतालले जनाएको छ । आफन्तले आन्दोलन गरेपछि अहिले त्यहाँ प्रहरी तैनाथ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईईमा सहभागी नहुने मधेश प्रदेश सरकारकाे निर्णय
-
लेखा समितिको बैठक निरन्तर राख्न माग, सभापति पोखरेलको भूमिकाप्रति आपत्ति
-
रुपन्देहीका ३ वटा क्याम्पसमा मात्रै निर्वाचन, आधा दर्जन क्याम्पसमा तालाबन्दी
-
थापाथली इन्जिनियरिङ कलेजको स्ववियु अध्यक्षमा नेविसंघका खड्का निर्वाचित
-
विदेश घुमाउने, होटलमा काम लगाइदिने, राम्रो खाना खुवाउने प्रलोभनमा बालयौन दुराचार
-
शिक्षक आन्दोलन किन ?