बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

विपिनले थाले ‘तेल भिसा’ को डबिङ

सोमबार, ०७ असोज २०८१, १२ : १९
सोमबार, ०७ असोज २०८१

काठमाडौँ । फिल्म ‘तेल भिसा’ को डबिङको काम सुरु भएको छ । आइतबार काठमाडौँको अनामनगरस्थित सम्राट फिल्मसमा डबिङ सुरु गरिएको हो ।

फिल्मको पहिलो डबिङ अभिनेता विपिन कार्कीले गरे ।  विपिनको डबिङ अझै केही दिन चल्नेछ । विपिनसँगसँगै अभिनेत्री पुजा चन्दको पनि डबिङ भैरहेको निर्देशक शंकर घिमिरेले बताए ।

अभिनेता कार्कीले फिल्ममा आफ्नो दोहोरो भूमिका रहेको  डबिङ आफ्ना लागि बिशेष समय राख्ने बताए । ‘मैले फिल्ममा बुबा र छोराको भूमिका निभाएको छु । त्यसैले डबिङमा बिशेष ध्यान दिनुपर्ने छ’ कार्कीले भने । 

निर्देशक घिमिरेले नेपालमा रहेका कलाकारहरुको अब क्रमबद्ध तरिकाले डबिङको काम चल्ने र त्यसपछि फिल्मको साउण्ड मिक्सिङको काम गर्ने बताउँछन् ।

‘हामीले अमेरिकामा भएको अधिकांश सुटको सिंक साउण्डमै काम गरेका छौँ । नेपाल भित्रको पार्टको डबिङमा लागेका हौं’ घिमिरेले थपे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप