मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाइडेन, ह्यारिस र ट्रम्पलाई विजय योजना पेस गर्दै जेलेन्स्की

सोमबार, ०७ असोज २०८१, ११ : ५८
सोमबार, ०७ असोज २०८१

किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई रुसविरुद्धको युद्धमा विजयका योजना बुझाउँदैछन् । 

यसै हप्ता अमेरिका भ्रमणका क्रममा उनले सो योजना बुझाउने छन् । बाइडेनलाई भेटेपछि जेलेन्स्कीले आफ्नो योजना कंग्रेसमा पनि पेस गर्न खोजेका छन् । यसबाहेक उनले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतिको निर्वाचनको दुई उम्मेदवार कमला ह्यारिस र डोनाल्ड ट्रम्पलाई पनि भेट्नेछन् ।

ट्रम्पले यस अघि भने अमेरिकाले युक्रेनलाई गरिरहेको समर्थनको आलोचना गरेका थिए । तर उनले जेलेन्स्कीलाई भेट्छु भनेका छन् । ह्वाइट हाउसले युक्रेनका लागि ३७ करोड ५० लाख डलरको नयाँ सैन्य सहायता प्याकेजको तयारी गरिरहँदा जेलेन्स्की अमेरिका आउन लागेका छन् । ‘यो शिशिरले यो युद्धको भविष्य निर्धारण गर्नेछ,’ माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा भिडियो सम्बोधनमा जेलेन्स्कीले भनेका छन् ।

आफ्नो विजय योजनामा जेलेन्स्कीले सेनाका लागि थप हतियार दान दिने, रुसलाई शान्तिमा आउन कूटनीतिक रूपमा बाध्य पार्ने र सन् २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमणको जिम्मेवार ठहराउनु पर्ने भनेर उल्लेख गरेका छन् ।

महिनौँदेखि युक्रेनले अमेरिका, बेलायत र अन्य पश्चिमी मित्र देशहरूलाई लामो दूरीको मिसाइलको प्रयोगमा लगाएको प्रतिबन्ध खुकुलो बनाउन अनुरोध गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप