श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई प्रचण्डको बधाई
सोमबार, ०७ असोज २०८१, १० : १४

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई बधाई दिएका छन् ।
अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत राष्ट्रपति दिसानायकेसहित उनले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उनको दल जेभीपीलाई बधाई दिएका हुन् ।
अध्यक्ष प्रचण्डले भनेका छन्, ‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म सलाम गर्छु । उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबिचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको छु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भ्यू टावरमा भएको लगानी उठाउन गाह्रै छ’
-
क्यानेडियन प्रतिद्वन्द्वीसँग हार्यो मेस्सी आबद्ध इन्टर मियामी
-
नेपालमा भ्यू टावर निर्माण : पर्यटकीय अवसर कि राज्य स्रोतको दुरुपयोग ?
-
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ: गृहमन्त्री लेखक
-
धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै
-
भुजी र दरमखोला पुल निर्माणमा लापरबाही