झापामा दुर्गा प्रसाईंका समर्थकले तीनवटा ट्रक जलाए

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेपछि झापामा उनका समर्थकले गए राती ती वटा भारतीय मालवाहक ट्रकमा आगजनी गरेका छन् ।
प्रसाईंका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालवाहक ट्रकमा आगजनी गरेका हुन् ।
४, ५ जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका थिए । बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ ।
यसैगरि, आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टी–स्टेट नजिक डब्लूबी–७३ ई–३०५७ नम्बरको मालवाहक ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ । ६ वटा मोटरसाइकलमा आएका १२ जनाको समूहले ट्रकमा आगजनी गरेको चालकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
ट्रकमा आगजनी गर्दा चालक पनि घाइते भएका छन् । उनको शरीरको केही भागमा आगोले पोलेको प्रहरीको भनाई छ । नाम खुल्न नसकेका उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । त्यसै गरी सोमबार बिहान झापाको धाइजनमा डब्लूबी–७३ ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितुको ‘ज्वाइँ साब’ ओटीटीमा
-
६ खेलको प्रतिबन्धमा परे रियल म्याड्रिडका एन्टोनियो रुडिगर
-
नेपाल–भारत सीमामा देखिएका समस्या समाधानका लागि पहल गर्छु : प्रचण्ड
-
‘ऊनको स्वीटर’ साँझमा गुन्जिए सुजन, ट्रेलर पनि सार्वजनिक
-
बालुवाटारमा सत्तारुढ दलको बैठक जारी
-
बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछ : प्रधानमन्त्री