हालान्डले बराबरी गरे रोनाल्डोको कीर्तिमान

म्यानचेस्टर । म्यानचेस्टर सिटीका स्ट्राइकर अर्लिङ हालान्डले क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गर्न सफल भएका छन् । आइतबार आर्सनलविरुद्धको खेलमा गोल गर्दै उनी सबैभन्दा चाँडो कुनै पनि क्लबका लागि १ सय गोल गर्ने खेलाडी बनका हुन् ।
नर्वेजियन खेलाडीले खेलको नवौँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले रोनाल्डोसँगै १ सय ५ खेलमा कुनै पनि युरोपियन क्लबका लागि १ सय गोल पुरा गरे ।
सन् २०११ मा रोनाल्डोले रियल मड्रिडका लागि १ सय गोल गरेका थिए । उनलाई पनि १ सय ५ खेल नै लागेको थियो ।
सन् २०२४ मा केभिन डी ब्रुयना सिटीका लागि १ सय गोल गर्ने १८ औँ खेलाडी बनेका थिए । उनलाई ३ सय ७२ खेल लागेको थियो ।
हालान्डले यसअघि नै प्रिमियर लिग सिजनको पहिलो चार खेलमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड तोडिसकेका छन् । उनले गरेको ९ गोलमा दुई ह्याट्रिक पनि समावेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा जानकी जन्मोत्सव शुरु, आजदेखि श्रीराम कथा वाचन
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्याङ्क तथा दिराम, दिनार र रियालको मूल्य ?
-
लुम्बिनीको पर्यटकीय सुधारका लागि दाताले दिएका विद्युतीय सवारीको विजोग, कतिपयको पाङ्ग्रा गायब
-
शिक्षक महासंघसँग सिंहदरबारमा मध्यरातमा वार्ता, सरकार सकारात्मक, ठोस निर्णय हुन बाँकी
-
राजस्थानको विष्फोटक व्याटिङले गुजरातलाई झट्का, सूर्यवंशीले गरे चमत्कार
-
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन शुरु