शिक्षण अस्पतालद्वारा क्लिनिकल रजिस्ट्रार पदका लागि आवेदन माग
![शिक्षण अस्पतालद्वारा क्लिनिकल रजिस्ट्रार पदका लागि आवेदन माग](https://rpcdn.ratopati.com/archived-media/Teaching-hospital.jpg)
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले ३ जना क्लिनिकल रजिस्ट्रार पदका लागि आवेदन माग गरेको छ ।
अस्पतालका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा क्लिनिकल रजिस्ट्रार पद करार सेवामा पदपूर्ति गर्नुपर्ने भएको कर्मचारी प्रशासन शाखाले एक सूचना प्रकाशित गर्दै जानकारी दिएको हो ।
योग्यता पुगेका २१ वर्ष पूरा भई ४५ वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिकहरूले मिति २०८१ साल असोज १३ गते कार्यालय समय ५ बजेभित्र त्रि.वि. शिक्षण अस्पतालको हिमालयन बैंक महाराजगन्जको खाता नं. ००२००५५३६५००१८ मा परीक्षा दस्तुर बापत रु.२,०००/- (दुई हजार) जम्मा गरेको सक्कल भौचरसहित आवेदन फाराम भर्नु पर्ने सूचनामा भनिएको छ ।
रीत नपुगी प्राप्त हुन आएका दरखास्त फारामहरू उपर कुनै कारबाही हुनेछैन । विस्तृत जानकारीका लागि यस अस्पतालको कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डद्वारा गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन
-
ऋषभ पन्तको सट्टा प्रशिक्षकको रोजाइमा परे केएल राहुल
-
मकुना मृत्यु प्रकरण : विभाग अगाडि विरोध प्रदर्शन
-
खानेपानी पाइप फुटेर जलमग्न वन परिसर र विशेष अदालतको सरसफाइ (तस्बिरहरू)
-
आगामी फिल्ममा प्रभाससँग स्क्रिन शेयर गर्दैछन् अनुपम खेर
-
चोट र व्यक्तिगत कारणले च्याम्पियन्स ट्रफी गुमाउने यी चर्चित खेलाडी