रोकिएन नेपालको हारको शृङ्खला
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । आइतबार राति भएको खेलमा नेपाल आयोजक क्यानडासँग ५ विकेटले पराजित भएको हो ।
नेपालले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य क्यानडाले ४८ बल अगावै मात्र ५ विकेटको क्षतिमा पछ्यायो । क्यानडाका लागि नवनित धालिवालले सर्वाधिक ८७ रनको योगदान दिए । उनले ८ चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै, परगत सिंहले ६४ रन बनाउँदै नेपाललाई हारको स्वाद चखाए । हर्ष थाकेरले १३ तथा निकोलन किर्तनले ११ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले २ तथा करन केसी, ललित राजवंशी र गुल्सन झाले १–१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा सबै विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । खेलमा नेपालको सुरुवात राम्रो हुन सकेन । पाँचौँ ओभरमा आसिफ शेख मात्र दुई रन बनाएर आउट हुन पुगे । सातौँ ओभरमा भीम सार्की ४ रन बनाउँदै पभिलियन फर्किए ।
नेपालले स्कोरबोर्डमा थप कुनै पनि रन नजोडी १० रन बनाएका अर्जुन साउदलाई गुमाउन पुग्यो । कप्तान रोहित पौडेल रन आउट हुँदा नेपालले १०.२ ओभरमा ४ विकेटको क्षतिमा ३० रन मात्र बनाउन सकेको थियो ।
१२ औँ ओभरमा अनिल साह मात्र १ रन बनाएर आउट हुन पुगेपछि आरिफ शेख र गुल्सन झाले नेपालको इनिङ्सलाई केही सम्हाल्ने प्रयास गरे । शेखले १० रन तथा झाले ५६ बलमा ३४ रन जोडे । उनले २ चौका र २ छक्का प्रहार गरे ।
त्यसपछि क्रिजमा आएका सोमपाल कामी र सन्दीप लामिछानेले पनि राम्रो साझेदारी गरे । उनीहरूले अर्धशतकीय साझेदारी गर्न सफल भए ।
सोमपाल २१ रन बनाएर आउट हुँदा नेपालले ८ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । त्यसपछि सन्दीप पहिलो अर्धशतकबाट मात्र एक रनले चुके । उनले आउट हुनअघि ४८ बलमा ४९ रन बनाए । उनले ५ चौका र १ छक्का हिर्काए ।
करन केसी सबैभन्दा अन्त्यमा २४ रन बनाएर आउट भए । उनले २८ बलमा २ चौका र एक छक्का प्रहार गरे ।
त्रिकोणात्मक शृङ्खलामा नेपाल हालसम्म जितविहीन रहेको छ । पहिलो खेलमा क्यानडासँग पराजित भएको नेपाल दोस्रो खेलमा ओमानसँग झिनो अन्तरले स्तब्ध बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंले बुझाए धरौटी, सहयोगीले बुझाउन सकेनन्
-
कास्कीबाट छुटेसँगै रवि लामिछाने थुनामुक्त हुन्छन् कि हुँदैनन् ? के हुन्छ अब ?
-
माघ १ गतेदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
-
कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
-
रवि लामिछानेलाई पोखराबाटै रिहा गरिँदै
-
‘सारंग’को टिजरमा पारिवारिक कलह, फिल्ममा के छ ?