मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बंगलादेशको राजनीतिक घटनाक्रमबारे बाइडेन-मोदीबीच छलफल

सोमबार, ०७ असोज २०८१, ०२ : १५
सोमबार, ०७ असोज २०८१

काठमाडौँ । बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमले विश्व समुदायको ध्यान खिचेको छ । उक्त घटनाक्रमपछि शक्ति राष्ट्रहरूले बंगलादेशको घटनाक्रमलाई नजिकबाट नियालिरहेका छन् ।

संयुक्त राष्ट्रसंघको ५९ औँ महासभा चलिरहेकै बेला भारत र अमेरिकाका बीचमा समेत यसबारे छलफल भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा बंगलादेशको राजनीतिक घटनाक्रमबारे चासो राखेका हुन् ।

राष्ट्रपति बाइडेन र प्रधानमन्त्री मोदीबीच डेलावेयरको विल्मिङ्टनस्थित निजी निवासमा छलफल भएको थियो ।

भारतीय विदेश सचिव विक्रम मिश्रीले गरेको मिडिया ब्रिफिङअनुसार भेटमा बंगलादेशको अवस्थाबारे मोदी र बाइडेनबीच विचार आदानप्रदान भएको थियो ।

उनले भनेका छन्, 'यो विषय अहिले सबैको चासोकै विषय छ । भेटमा धेरै कुराहरू भए । त्यसमध्ये छलफलको विषय यो पनि थियो ।' उनले बंगलादेशका विषयमा त्यस्तो विषय चासो भने नभएको दाबी गरे । 

बंगलादेशमा गत महिनाको घटनापछि अहिले प्राध्यापक मोहम्मद युनुसले सरकारको नेतृत्व गरिरहेका छन् । सञ्चार संस्थाहरूका अनुसार युनुसले पनि यही साता अमेरिकी राष्ट्रपति बाइडेनसँग भेटवार्ता गर्ने तयारीमा छन् । यस्तोमा मोदी-बाइडेनको साझा विचार बाहिर आएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप