जनताको आवश्यकतालाई पूरा गर्न सरकार सधैँ प्रयासरत छ : सिँचाइमन्त्री खड्का

उदयपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रियुगा नदीको बाढीले पुर्याएको कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
मन्त्री खड्काले आइतबार उदयपुरस्थित त्रियुगा, बरुवा, कोसी नदीलगायतमा आएको बाढीले पुर्याएको कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा मन्त्री खड्काले सीमित स्रोत र साधनका बीच जनताको आवश्यकतालाई पूरा गर्न सरकार प्रयत्नरत रहेको बताए । उनले दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएकाले सरकारले जनताको आकाङ्क्षालाई क्रमागत ढङ्गले सम्बोधन गर्ने स्पष्ट पारे । मन्त्री खड्काले वर्तमान सरकार जनताप्रति उत्तरदायी रहेको बताए ।
उनले स्थानीय तहमा देखिएका समस्या समाधानमा स्थानीय सरकारसँग सहकार्य गरेर केन्द्र सरकारले काम गर्ने उल्लेख गरे । कार्यक्रममा पूर्वमन्त्री एवं उदयपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा नारायण खड्काले त्रियुगा नदीले उदयपुरमा बर्सेनि ठूलो समस्या उत्पन्न गराउँदै आएकाले उक्त समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताए ।
निरीक्षणमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरीता दवाडी, मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, जलस्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक दिनेश भट्ट, बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीलगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखक लाठले ल्याए गैरआख्यान ‘सीमान्त सम्झना’
-
तीन जिल्लामा आगलागीका घटना : लाखौँको धनमाल जलेर नष्ट
-
२०८१ साल : ‘हाइ प्रोफाइल’हरू नै फौजदारी अपराधमा
-
विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
कृषिका प्रविधिहरू किसानसँग जोड्नुपर्नेमा जोड
-
वीरगन्ज सर्वदलीय बैठक : विवाद समाधानका लागि ३ बुँदे प्रतिबद्धता