प्रधानमन्त्री ओलीसँग मानव अधिकार उच्चायुक्तको शिष्टाचार भेट
सोमबार, ०७ असोज २०८१, ०० : ४०

न्युयोर्क। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्र संघका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कबीच आइतबार शिष्टाचार भेट भएको छ ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा छन् । त्यहाँस्थित राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग कार्यालयमा आइतबार प्रधानमन्त्री ओली र मानव अधिकार उच्चायुक्त भोल्करबीच भेटवार्ता भएको हो ।
भेटमा प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियामा राष्ट्र संघको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै शान्ति प्रक्रियालाई अन्तिम टुंगोमा पुर्याउन अझैपनि सरकारले पहलकदमीहरू लिइरहेको जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम स्पोर्टस अवार्डको दुई विधाको मनोनयन सार्वजनिक
-
आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत
-
आर्थिक तथा व्यावसायिक वातावरण सुधारसम्बन्धी विधेयकमाथिका विरोधका सूचना बहुमतले अस्वीकृत
-
नामिबियासँग केही लागेन नेपालको, २३ रनले हार्यो
-
प्रतिनिधिसभामा गणपूरक सङ्ख्याबारे प्रश्न उठेपछि...
-
कर्मचारीको संख्या आधामा झार्दैछ अमेरिकी शिक्षा मन्त्रालय