कांग्रेसको व्यावसायिक सीप विकास विभागमा १० जना सदस्य मनोनीत
आइतबार, ०६ असोज २०८१, २२ : ५०
काठमाडौँ । नेपाली कांग्रसको व्यावसायिक सीप विकास विभागमा १० जना सदस्य मनोनीत भएका छन् । विभागको प्रमुखमा केन्द्रीय सदस्य गंगालक्ष्मी अवाल रहेका छन् ।
मनोनयन भएका सदस्यहरूमा बिना तामाङ, कोमलकान्त झा, प्रतिभा अदुवा श्रेष्ठ, निशा मल्ल ठकुरी, सुनिल श्रेष्ठ, उमाकुमारी थापा, फरिन्दा महर्जन, रमेश केसी, सीतादेवी बस्नेत कार्की र प्रमिला जैरू रहेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्यहरूलाई मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।