घर बनाउँदा प्रकाश तामाङको खाताको रकम झिकेको छैन : किराती
आइतबार, ०६ असोज २०८१, २१ : १८

काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले प्रकाश तामाङको घर बनाउँदा उनको खाताबाट पैसा नझिकेको बताएका छन् । आइतबार साँझ आफ्नो फेसबुकमार्फत तामाङको खातामा क्यु आर कोडबाट जम्मा भएको पैसा नचलाएको बताएका हुन ।
फर्केर आएको प्रकाश तामाङको घर प्रतिकुल मौसमको बाबजुद पनि दिनरात गरेर बनिरहेको छ । खटिरहनु भएका सबै योद्वाहरुप्रति धन्यवाद, सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले लेखेका छन्,
प्रकाश तामाङ को QR Code मार्फत बैँक खातामा जम्मा भएको रकम घर निर्माणमा खर्च गरिएको छैन भन्ने कुरा स्पष्ट गर्दछु ।
लामो समय हराएका तामाङ हेर्ने कथा टिमको सहयोगमा भोजपुरमा रहेका उनका परिवारसँग मिलन भएको थियो । तामाङको पुर्खौली घरजग्गा नभएकाले किरातीले घर बनाइदिने जिम्मा लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा