चीन गएका नेतालाई रास्वपाले बोलायो फिर्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चिन गएका आफ्ना नेताहरुलाई फिर्ता बोलाएको छ । पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि केन्द्रीय पार्टी कार्यालयमा भेला भएका रास्वपाका नेताहरूको छलफलले चिन भ्रमणमा गएका आफ्ना नेतालाई फिर्ता बोलाएको हो ।
चिन भ्रमणमा गएका नेताहरुलाई फिर्ता बोलाइएको रास्वपाका नेता विराजभक्त श्रेष्ठले जानकारी दिए ।
पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि रास्वपा सभापति रवि लामिछानेले आफ्ना कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएका हुन् । काठमाडौँ महानगरपालिका वडा नम्बर–१६ स्थित वनस्थलीमा पार्टी कार्यकर्ता भेला भएका छन् । छविलालको बयानपछि मात्रै लामिछानेलाई पक्राउ गरिने प्रहरीले जनाएको छ ।
सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आएपछि सो रकम खर्च गर्ने र गराउने प्रक्रियामा लामिछाने संलग्न रहेको संसदीय छानबिन समितिको ठहर छ । समितिको सिफारिस अनुसार गोर्खा मिडियाका सञ्चालक कुमार रम्तेल, छविलाल जोशी र प्रबन्ध निर्देशक लामिछानेविरुद्ध पूरक अभियोग लैजान लागिएको हो ।
गोर्खा मिडियाका अध्यक्ष गितेद्रबावु राईविरुद्धको मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हिमरश्मि भलिबलमा न्युटन च्याम्पियन
-
भिल्लासँगको हारपछि थप संकटमा सिटी
-
सामाजिक सञ्जालमा जथाभाबी लेख्न राप्रपाको अङ्कुश, केन्द्रीय समिति बैठक आह्वान
-
राप्रपा बैठकको १० बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)
-
उपनिर्वाचनमा लज्जास्पद पराजय भोग्नुको कारण खोज्न राप्रपाले बनायो समिति
-
भियतनामी क्रान्ति : साम्राज्यवादका विरुद्ध जनताले लडेको गौरवशाली युद्ध