शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

आइतबार, ०६ असोज २०८१, २२ : ००
आइतबार, ०६ असोज २०८१

‘रातोपाटी ब्रिफिङ’ मा हामी दिनभरका १० मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ । आज मिति २०८१ साल असोज महिनाको ६ गते आइतबारका १० समाचार यसप्रकार रहेका छन्–

  • सडक विभागको तयारी

सरकारले हरेक वर्ष दसैँ तिहार अगाडि सडकका खाल्डो पुर्ने गर्छ । दसैँमा घर जाँदा सहजरुपमा गाडी सञ्चालन हुने सडक तयार गर्ने सरकारी योजना भएपनि विभागकै तथ्याङ्क हेर्दा भने खाल्डो पुर्ने काम सन्तोषजनक देखिँदैन । 

  • प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उनलाई साइबर ब्युरोले आइतबार भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको हो ।

  • पक्राउ परे छविलाल

सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेको छ । उनलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यलयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।  

  • थप २० मिटर मापदण्ड विवाद

सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले २०८० पुस ३ गरेको फैसला (२०८१ साउन १ गते पूर्णपाठ)लाई लिएर यतिखेर संसददेखि सडकसम्म बहस भइरहेको छ । यति मात्रै होइन, सरकारका तर्फबाट सचिव फणीन्द्र गौतमले सोमबार सर्वोच्चमा निवेदन (पुनरवलोकनको माग) दर्ता गराएका छन् । 

  • दसैँमा ४ फिल्म 

नेपाली फिल्मको बजार सानो छ । सानो बजार भएको कारण व्यापारिक घराना नेपाली फिल्ममा आकर्षित हुन सकेका छैनन् । यहाँ फिल्म बनाएर मात्रै हुँदैन । त्यसको उचित प्रदर्शन हुन सकेन भने लगानी ‘बालुवामा पानी बराबर’ हुन्छ । त्यसैले पनि नेपाली फिल्म क्षेत्रमा बनाउनभन्दा प्रदर्शन गाह्रो भएको निर्माता निर्देशक बताउँदै आएका छन् ।

  • दसैँसम्म पानी पर्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले आगामी मंगलबारसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । मौसम विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले यो वर्ष दसैँसम्म पानी पर्ने सम्भावना रहेको जानकारी दिइन् ।

  • संसद्‍मा दर्ता भएका प्रस्ताव

तिनिधिसभाको पहिलो अधिवेशनमा नेपाली कांग्रेसका सांसद विनोद चौधरी प्रस्तावक रामहरि खतिवडा समर्थक बसेर अर्थ मन्त्रालयसँग सम्बन्धित सङ्कल्प प्रस्ताव दर्ता भएको थियो । २०७९ माघ २४ गते दर्ता भएको उक्त प्रस्तावमा संकटोन्मुख अर्थतन्त्रलाई सबल बनाउने‚ मुलुकको औद्योगिक–व्यावसायिक वातावरण सुधार गर्ने तथा जनताको जीवनस्तर सुधार गर्दै देशको अर्थतन्त्रलाई सही दिशामा ल्याउन आवश्यक भएकाले प्रस्ताव दर्ता गरिएको उल्लेख गरिएको थियो । 

  • नैतिक र कानुनी रूपमा कति बलियो ?

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट ‘रवि लामिछाने’को नाममा प्रवाह भएको कर्जा लिने व्यक्ति रास्वपाका सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै हो भन्ने प्रमाणित हुन नसकेपछि सहकारी बचत दुरुपयोगको सम्बन्धमा छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदनले प्रतिवेदनमा सोही ब्यहोरा उल्लेख गर्‍यो । 

  •  सहकारी समस्या समाधानमा अनिच्छुक 

२०४७ को परिवर्तनयता लगभग ३४ वर्षको अधिकांश समय नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूले मुलुकको शासन सत्ता सम्हालेका छन् । तत्कालीन राजा ज्ञानेन्द्र शाह र पञ्चायत पृष्ठभूमिकाका लोकेन्द्र बहादुर चन्द र सूर्य बहादुर थापालाई छाड्ने हो भने यो बिचमा पालैपालो कांग्रेस, एमाले र माओवादी नेताहरुले शासन सत्ता सम्हालेका हुन्।

  • लुक्लामा शरदकालीन उडान सुरु

नेपालकै सबैभन्दा ठुलो पदयात्रा (ट्रेकिङ) गन्तव्यको रूपमा रहेको एभरेस्ट बेस क्याम्प (सगरमाथा आधार शिविर) सम्म जाने पर्यटकका लागि हवाई उडान सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले शनिबारदेखि तीन एयरलाइन्स कम्पनीका ६ वटा जहाजलाई रामेछापको मन्थलीदेखि सोलुखुम्बुको लुक्ला तथा फाप्लु विमानस्थलमा उडान भर्न औपचारिक रूपमा अनुमति दिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप