नागरिक बचाउ महाअभियानले सोमबारदेखि देशभर आन्दोलन गर्ने

काठमाडौँ । राष्ट्र–राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानले भोलि (सोमबार)देखि देशभर चरणबद्ध आन्दोलन गर्ने भएको छ ।
पक्राउ परेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ आफ्ना साथीहरूमाथि भएको हिंसाको विरुद्ध सोमबारदेखि देशभर चरणबद्ध आन्दोलन गर्नेगरी तयारी भइरहेका जानकारी दिए ।
प्रसाईँलाई साइबर ब्युरोले आइतबार भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको हो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी दर्ता भएको छ ।
उनले लेखेका छन्, ‘यो देशका नागरिकलाई राज्यले गरेको अपमान, देशमा व्याप्त भ्रष्टाचार, गरिबी, महँगीका विरुद्ध, सहकारी र लघुवित्त पीडित नागरिकको पक्षमा आवाज उठाउँदा सामन्त केपी सरकारले झुटो मुद्दा लगाई मलाई पक्राउ गरेर साइबर ब्यूरो, वीर अस्पताल हुँदै अहिले सम्मानित जिल्ला अदालतमा ल्याएको छ । म अदालतमा रहँदै मैले थाहा पाएको छु, हाम्रो अभियानका ३ सयभन्दा धेरै अभियन्ता साथीहरूको घरमा प्रहरी गई धरपकड गर्ने, खानतलासी गर्ने, धम्काउने जस्ता गतिविधि गरिरहेको छ ।’
उनले आफ्ना अभियन्तालाई सामान्य मात्रै क्षति पुग्यो भने त्यसको मूल्य महँगो पर्ने चेतावनी दिएका छन् । आन्दोलनको स्वरूप र कार्यक्रम छिटै सार्वजनिक गरिने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा