हैजा देखिएपछि राजपुर नगरपालिकाको क्षेत्र सिल

रौतहट । राजपुर नगरपालिका अन्तर्गत वडा नं. ४ मा हैजा फैलिने सक्ने डरले सो क्षेत्र सिल गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले एक आदेश जारी गर्दै प्रभावित क्षेत्र सिल गर्ने आदेश जारी गरेका हुन् ।
राजपुर नगरपालिका वडा नं. ४ जोवैर चौकदेखि मदनी चौक, शेख अब्दुल्लाहको खलिहान देखि डा. नुरुल होदाको घरसम्मको वरीपरीको घरधुरी क्षेत्र सिल गर्न आदेशमा उल्लेख छ । गत असोज २ गते प्रारम्भिक रूपमा १ जनामा देखिएको झाडा पखालाको बिरामी सङ्ख्या बढ्दो क्रममा रहेको बताइएको छ । आरडीटी एवं कल्चर टेस्टबाट हैजा देखिएको भन्ने रिपोर्ट प्राप्त भएको छ ।
आदेशमा आजदेखि अर्को आदेश नभएसम्मको लागि तोकिए बमोजिमको क्षेत्रहरूमा स्थानीय तहको स्वास्थ्य शाखा प्रमुखको अनुमति बेगर स्वास्थ्यकर्मी सुरक्षाकर्मी र सरसफाइकर्मीहरु र अत्यावश्यक एवं अत्यन्त जरुरी काममा बाहेक कुनै पनि व्यक्तिहरूको हिँडडुल गर्ने र एक अर्को घर वा बस्तीमा आवतजावतमा नियन्त्रण गर्न भनिएको छ ।
अत्यावश्यक सेवा बाहेकका सवारी साधनहरूको आवतजावतमा नियन्त्रण गर्न तथा उक्त क्षेत्रमा माछा, मासु ओसारपसार र बिक्री वितरणमा नियन्त्रण गर्न आदेश जारी गरिएको छ ।
त्यस्तै सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखाबाट जारी गरिएका अन्य आदेश र सर्तहरूको कार्यान्वयन गर्ने गराउन भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिगामी हर्कतका छिटपुट बाछिटा जहाँ देखापरे त्यहीँ अन्त्य गरिनुपर्छ : एमाले
-
प्रधानमन्त्रीलाई एक पशु चिकित्सकको चिठी
-
उदाहरणीय बन्दै सुरौदी तिखेढुङ्गामा खरबुजाखेती
-
अपडेट : ट्राफिकले सर्वसाधारणलाई कुटेको दोस्रो भिडियो एक वर्ष पुरानो
-
माइतीघरदेखि नयाँ बानेश्वरसम्म चिकित्सकको र्याली, तस्बिरहरू
-
भूकम्प स्मृति दिवसका दिन धरहराबाट काठमाडौँ नियाल्दा जे देखियो, तस्बिरहरू