मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

हैजा देखिएपछि राजपुर नगरपालिकाको क्षेत्र सिल

आइतबार, ०६ असोज २०८१, १९ : ३८
आइतबार, ०६ असोज २०८१

रौतहट । राजपुर नगरपालिका अन्तर्गत वडा नं. ४ मा हैजा फैलिने सक्ने डरले सो क्षेत्र सिल गर्ने निर्णय गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले एक आदेश जारी गर्दै प्रभावित क्षेत्र सिल गर्ने आदेश जारी गरेका हुन् ।

राजपुर नगरपालिका वडा नं. ४ जोवैर चौकदेखि मदनी चौक, शेख अब्दुल्लाहको खलिहान देखि डा. नुरुल होदाको घरसम्मको वरीपरीको घरधुरी क्षेत्र सिल गर्न आदेशमा उल्लेख छ । गत असोज २ गते प्रारम्भिक रूपमा १ जनामा देखिएको झाडा पखालाको बिरामी सङ्ख्या बढ्दो क्रममा रहेको बताइएको छ । आरडीटी एवं कल्चर टेस्टबाट हैजा देखिएको भन्ने रिपोर्ट प्राप्त भएको छ । 

आदेशमा आजदेखि अर्को आदेश नभएसम्मको लागि तोकिए बमोजिमको क्षेत्रहरूमा स्थानीय तहको स्वास्थ्य शाखा प्रमुखको अनुमति बेगर स्वास्थ्यकर्मी सुरक्षाकर्मी र सरसफाइकर्मीहरु र अत्यावश्यक एवं अत्यन्त जरुरी काममा बाहेक कुनै पनि व्यक्तिहरूको हिँडडुल गर्ने र एक अर्को घर वा बस्तीमा आवतजावतमा नियन्त्रण गर्न भनिएको छ ।

अत्यावश्यक सेवा बाहेकका सवारी साधनहरूको आवतजावतमा नियन्त्रण गर्न तथा उक्त क्षेत्रमा माछा, मासु ओसारपसार र बिक्री वितरणमा नियन्त्रण गर्न आदेश जारी गरिएको छ ।

त्यस्तै सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखाबाट जारी गरिएका अन्य आदेश र सर्तहरूको कार्यान्वयन गर्ने गराउन भनिएको छ ।

hh

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप