पार्टी पदाधिकारी भक्त जस्ता भए, कमरेड हुन सकेनन् : लक्ष्मण पन्त
काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समिति बैठक सम्पन्न भएको छ । भदौको ५ गतेबाट सुरू भएको परामर्श समिति बैठक आइताबार सम्पन्न भएको हो ।
परामर्श समिति बैठकको अन्तिम दिन केन्द्रीय कार्यालय पेरिसडाँडामा दक्षिण एसिया संगठन समितिको जुम बैठक बसेको थियो । बैठकमा माओवादी पदाधिकारी, प्रवास समितिका केन्द्रीय सदस्य तथा पदाधिकारीहरू अनलाइमार्फत् जोडिएका थिए ।
बैठकमा सहभागी नेताहरूले पार्टीभित्र देखिएका बहसलाई पार्टी नेतृत्वले सकारात्मक रूपमा लिनुपर्ने धारणा राखेका थिए । पार्टी निर्माण र विचारको विकासका लागि भएको बहसलाई निषेध गर्न नहुने इन्चार्ज लक्ष्मण पन्तको तर्क थियो । बैठकमा उनले पार्टी पदाधिकारी पशुपतिका भक्त जस्तै भएको, कमरेडको रूपमा प्रस्तुत हुन नसकेकोमा नेतृत्वको आलोचना गरेका थिए । हरेक पार्टीमा विचारको गुट हुने तर्क गर्दै उनले विचार समुहको गुटबाट नेतृत्व तर्सिन नहुने धारणा राखेका थिए ।
गुट भएपनि त्यसलाई व्यवस्थापन गर्न सक्नुपर्ने पन्तको भनाइ थियो । ‘गुट नभएको पार्टी हुँदैन । विचारको नेतृत्व गर्ने गुट हुन्छ । गुटबाट तरंगित हुन आवश्यक छैन’, पन्तले भनेका थिए ।
पार्टी महासचिव देव गुरुङले नै गुटको पक्षपोषण गरेको उनले आरोप लगाएका थिए । केही समयअघि अखिल भारती नेपाली मञ्चको भेलामा महासचिव गुरुङले उपमहासचिव जनार्दन शर्मालाई लक्षित गरी विदेशीले पैसा दिएर गुट तयार पारेको र त्यसले नेतृत्वलाई कमजोर बनाएको अभिव्यक्ति दिएका थिए । सोही विषयमा पन्तले आजको बैठकमा कुरा उठाएका थिए ।
‘महासचिवले नै विदेशीले पैसा दिएर गुट तयार पार्छन् । त्यसले नेतृत्वलाई कमजोर बाउँछ भनेर प्रभाकरजीलाई लक्षित गरेर बोल्नुभयो,’ पन्तले जवाफ माग्दै भने’, ‘अरू बेलामा बोलेको भए सैद्धान्तिक कुरा भन्न मिल्थ्यो । प्रशिक्षण भेलामा बोलेको कुरालाई सैद्धान्तिक भन्न मिल्दैन ।’
तर अध्यक्ष प्रचण्डले गुरुङको अभिव्यक्ति कोही व्यक्तिप्रति लक्षित नभई सैद्धान्तिक भएको भन्दै बचाउ गरेका थिए । पन्तले पार्टीभित्र गुटगत विचारको बहस हुने तर त्यसलाई नेतृत्वले व्यवस्थापन गर्न सक्नुपर्ने धारणालाई प्रचण्डले सकारात्मक रूपमा लिएको बताए थिए । साथै पार्टीभित्र युद्धकालमा पनि ठुलो बहस हुने गरेको भन्दै उनले बहस र छलफलबाट आएका विचारलाई निषेध गर्ने कुनै नीति नभएको स्पष्ट पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ