आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

न्युजिल्यान्ड–श्रीलंका पहिलो टेस्ट रोचक मोडमा

आइतबार, ०६ असोज २०८१, १८ : ४४
आइतबार, ०६ असोज २०८१

काठमाडौँ । न्युजिल्यान्ड र श्रीलंकाबिच जारी पहिलो टेस्ट क्रिकेट रोचक मोडमा पुगेको छ । पहिलो टेस्टको चौथो दिन आइतबार न्युजिल्यान्डले आफ्नो दोस्रो पालीमा आठ विकेट गुमाएर दुई सय सात रन बनाएपछि खेल रोचक मोडमा पुगेको हो ।

भ्रमणकारी टोली न्युजिल्यान्ड दुई सय ७५ रनको लक्ष्य पछ्याउँदै दोस्रो पाली ब्याटिङ गर्न आएको हो । पहिलो टेस्टको अन्तिम दिन सोमबार श्रीलंकालाई हराउन न्युजिल्यान्डले थप ६८ रन बनाउनु पर्नेछ । तर, न्युजिल्यान्डसँग दुई विकेटमात्र बाँकी छ ।

न्युजिल्यान्डका युवा ब्याट्सम्यान रचिन रविन्द्र अविजित ९१ रन बनाउँदै क्रिजमा छन् । किविज टोलीका लागि यो सकारात्मक पक्ष हो । रचिनले एक सय ५८ बलको सामना गरी एक छक्का र नौवटा चौका प्रहार गरेका छन् ।

रचिनलाई तल्लो क्रमका ब्याट्सम्यान अजाज पटेल (खाता खोल्न बाँकी) ले साथ दिनेछन् । दोस्रो पालीमा न्युजिल्यान्डका लागि केन विलियम्सन र टम ब्लन्डलले ३०–३० रन बनाएका थिए । ओपनर टम लाथमले पनि २८ रन जोडेका थिए ।

अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । घरेलु टोली श्रीलंकाका बलर रमेश मेन्डिस र प्रभात जयसूर्याले दोस्रो पालीमा तीन–तीन विकेट लिए । पहिलो टेस्टमा टस जिती ब्याटिङको निर्णय लिएको श्रीलंकाले पहिलो पालीमा तीन सय पाँच रन बनाएको थियो ।

न्युजिल्यान्डले भने पहिलो पालीमा तीन सय ४० रन बनाएको थियो । श्रीलंकाली टोली आफ्नो दोस्रो पालीमा तीन सय नौ रन बनाउँदै अलआउट भएको थियो । त्यसपछि न्युजिल्यान्डले दोस्रो पालीमा जितका लागि दुई सय ७५ रन बनाउनु पर्ने लक्ष्य पाएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप