जसपाद्वारा अन्तरपार्टी समन्वय समिति गठन*

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्तर पार्टी समन्वय समिति गठन गरेको छ । असोज २, ३ र ४ गते सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा उक्त समिति गठन गरिएको प्रवक्ता मनिष कुमार सुमनले जानकारी दिए ।
यादवको नेतृत्वमा गठन भएको सो समितिले महासचिव रामकुमार शर्मा, प्रवक्ता मनिष सुमन, निर्मला यादव, अर्जुन थापा, डा कृष्ण कुमार राई रहेका छन् । समितिले विभिन्न राजनीतिक दल तथा सङ्गठनसँग समन्वयलगायत आवश्यक कार्य गर्ने सुमनले बताए ।
यसैबिच समितिबारे सञ्चारमाध्यममा आएका समाचारबारे जसपा नेपालले ध्यानाकर्षण भएको जनाएको छ । अन्तर पार्टी समन्वय समिति अरू पार्टीको कमजोरी पत्ता लगाउन र सोहीअनुसार आफ्नो रणनीति बनाउनका लागि नभएको प्रवक्ता सुमनको भनाइ छ ।
‘समान विचार, सिद्धान्त र उद्देश्यका साथ कार्य गर्ने राजनीतिक दल/सङ्गठन/पार्टीहरूसँग समन्वय सहकार्य लगायतका आवश्यक कार्यहरु गरी जनताका आधारभूत समस्याहरूको सम्बोधन, राज्यद्वारा गराउनु तथा पहिचानको आन्दोलनलाई अझ उचाइमा पुऱ्याउनु हामी सबैको साझा दायित्व हो’, उनको विज्ञप्तिमा भनिएको छ ।
*यसअघि प्रकाशित समाचार अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक