श्रमदान गर्दै महासचिव विप्लव, तस्बिरसहित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले स्विमिङ पुल बनाउन श्रमदान गरेका छन् । कपिलवस्तुस्थित शिवराज नगरपालिका–९ अञ्चलपुरस्थित नेकपाको केन्द्रीय कार्यालय परिसरमा स्विमिङ पुल बनाउन लागिएको विप्लवका सचिवालयका सदस्य विमर्श आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार स्विमिङ पुल नेकपा र स्थानीय जनताको स्वामित्वमा रहने छ । १८ मिटर लम्बाई र ८ मिटर चौडाइ रहेको उक्त स्विमिङ पुल बनाउन विप्लवको नेतृत्वमा केन्द्रीय कार्यालय र नेकपा कपिलवस्तु जिल्ला कमिटीले श्रमदान गरेका छन् ।
मंगलबारसम्म निर्माण सम्पन्न गरेर काठमाडौँ फर्किने तयारीमा विप्लव रहेका छन् । निर्माण कार्यमा महासचिव विप्लवसहित, स्थायी समिति सदस्य सन्तोष बुढामगर, पोलिटब्युरो सदस्यहरू विजय, कृति, असल र केन्द्रीय सदस्यहरू सुशील, अडिग, केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी, कपिलवस्तु सेक्रेटरी पावेल र स्थानीय कार्यकर्ता लगायत सय जना सहभागी रहेको आचार्यले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमान र हितेन्द्रको रिट आज पनि हेर्दाहेर्दैमा
-
विराटनगरमा इण्डो–नेपाल टी–२० क्रिकेटः होराइजन र प्रशान्त क्रिकेट क्लबबीच उद्घाटन खेल
-
२५ वर्षपछि एकैसाथ ठूलो पर्दामा फर्किँदैछन् सलमान–सञ्जय
-
फर्पिङबाट अनलाइन सिफारिसको आधारमा नागरिकता वितरण सुरु
-
बार अध्यक्षका दुई उम्मेदवारबिच आरोप प्रत्यारोप
-
‘बाह्य मिचाहा प्रजातिले अर्थतन्त्रलाई कसरी प्रभावित पारेको छ ?’