दुर्गा प्रसाईं पक्राउ प्रकरण
दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस
आइतबार, ०६ असोज २०८१, १७ : ४४

काठमाडौँ । दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ । आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको हो । त्यसअघि उनलाई साइबर ब्युरोबाट अस्पताल लगिएको थियो । अस्पतालबाट प्रसाईंलाई जिल्ला अदालत ल्याइएको हो ।
प्रसाईंलाई अदालत ल्याउँदा उनका समर्थकले नाराबाजी गरेका थिए । नाराबाजी गर्ने चार जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।