शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
एकेएफ च्याम्पियनसिप

चीनमा एरिकाले जितिन् ऐतिहासिक रजत पदक

आइतबार, ०६ असोज २०८१, १६ : ००
आइतबार, ०६ असोज २०८१

काठमाडौँ । कराँते खेलाडी एरिका गुरूङले २०औँ सिनियर एकेएफ च्याम्पियनसिपमा रजत पदक जितेकी छन् । चीनको हाङ्झाउ आइतबार सम्पन्न महिला ६८ केजीभन्दा माथिको तौल समूहको फाइनलमा उनी भियतनामकी खेलाडीसँग पराजित भइन् ।

भियतनामकी खेलाडी एनगोआन नुएनले एरिकालाई ६–० ले पराजित गर्दै स्वर्ण पदक हात पारिन् । उक्त नतिजासँगै एरिकाले नेपाली खेलकुदलाई एसियाली स्तरको कराँते प्रतियोगितामा पहिलो स्वर्ण पदक दिलाउने गतिलो अवसर गुमाइन् ।

एरिकाले प्राप्त गरेको रजत पदक पनि देशका लागि ऐतिहासिक हो । एसियाली कराँते महासंघले आयोजना गर्ने सिनियर एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो नै पहिलो पदक हो । यसअघि कुनै पनि नेपाली खेलाडीले यो च्याम्पियनसिपमा‌ पदक जिन सकेको थिएन ।

गत वर्ष चीनमै आयोजना भएको भएको १९औँ एसियाली खेलकुदमा पनि एरिकाले ऐतिहासिक रजत पदक जितेकी थिइन् । एसियाली खेलकुदको कराँतेमा रजत पदक जित्ने एरिकाले पहिलो नेपाली खेलाडी हुन् ।

यसका अतिरिक्त एसियाली खेलकुदको ब्यक्तिगत स्पर्धामा रजत पदन जित्ने उनी दोस्रो नेपाली खेलाडी हुन् । एसियाली खेलकुदमा नेपालका लागि पहिलो रजत पदक जित्ने नेपाली खेलाडी भने तेक्वान्दोकी सविता राजभण्डारी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप