अमेरिका र भारतबिच मेगा डिल, ड्रोनदेखि चिपसम्मका क्षेत्रमा सम्झौता

वाशिङटन डीसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकासँग महत्वपूर्ण सम्झौता गरेका छन् । अमेरिका भ्रमणका क्रममा उनले त्यहँका राष्ट्रपति जो बाइडेनसँग अर्थपूर्ण भेटघाटसहित महत्वपूर्ण सम्झौता गरेका हुन् ।
भेटमा दुई नेताहरूले पारस्परिक हितका क्षेत्रमा द्विपक्षीय सहयोग बढाउने उपायबारे समेत छलफल गरेका छन् । इन्डो–प्यासिफिक क्षेत्रलगायत विश्वव्यापी र क्षेत्रीय मुद्दाहरूमा पनि छलफल भएको छ ।
राष्ट्रपति बाइडेनले शनिबार डेलावेयरको ग्रीनभिलस्थित आफ्नो निवासमा मोदीलाई स्वागत पनि गरेका थिए । यस भेटमा अमेरिकी राष्ट्रपति जो बाइडेनले मोदीको ऐतिहासिक युक्रेन भ्रमणको प्रशंसा गरेका थिए । दुई देशबिचको यस द्विपक्षीय वार्तामा धेरै महत्वपूर्ण सम्झौता भए ।
ड्रोन र लडाकु विमानबारे मेगा डिल
भारत र अमेरिकाबीच ड्रोन र लडाकु विमान खरिदका लागि ठूलो सम्झौता भएको छ । भारतले अमेरिकाबाट ३१ जनरल एटोमिक्स एमक्यू–९ बी (१६ स्काई गार्डियन र १५ सी गार्डियन) ड्रोन किन्ने भएको छ । फेब्रुअरीमा अमेरिकाले भारतीय सेनालाई ३ अर्ब ९९ करोड डलरको अनुमानित मूल्यमा यी सामान डेलिभरी दिनेछ । यी ड्रोनहरूले भारतको सशस्त्र बलको गुप्तचर, निगरानी र सोही क्षमतालाई नयाँ स्तरमा लैजाने बताइएको छ ।
सी–१३० जे सुपर हर्कुलससम्बन्धी सम्झौता
यसबाहेक पनि भारत र अमेरिकाबिच लकहिड मार्टिन र टाटा एडभान्स सिस्टम्स लिमिटेडबिच संयुक्त सम्झौतामा पनि वार्ता भएको छ । सी– १३० जे सुपर हर्कुलस विमानका लागि एमआरओ सुविधा स्थापना गर्न यो सम्झौता भएको हो । जुन ग्लोबल मिसनमा भारतका लागि निकै सहयोगी साबित हुन गइरहेको छ । यो रक्षा र एयरोस्पेस क्षेत्रमा अमेरिका–भारत सहयोगमा एउटा महत्वपूर्ण कदम हो ।
सेमिकन्डक्टर बनाउन भारतलाई अमेरिकाले सहयोग गर्ने
भारत र अमेरिकाबिच सेमीकन्डक्टर उत्पादनका लागि ठूलो सम्झौता भएको छ । दुवै देशले राष्ट्रिय सुरक्षाका लागि उन्नत सेन्सिङ, सञ्चार र पावर इलेक्ट्रोनिक्समा केन्द्रित नयाँ सेमीकन्डक्टर प्लान्ट स्थापना गर्ने महत्वपूर्ण व्यवस्थाको प्रशंसा गरेका छन् ।
यो प्लान्ट कोलकातामा स्थापना हुनेछ । यो कदमले भारतलाई सेमी, थर्डटेक र यूएस स्पेस फोर्सबिच रणनीतिक प्राविधिक साझेदारी गर्न सक्षम बनाउने मोदीको भनाइ छ ।
अन्तरिक्षमा मिलेर काम गर्ने सहमति
अन्तरिक्ष प्रविधिको क्षेत्रका दुवै नेताहरूले सन् २०२५ मा अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा वैज्ञानिक अनुसन्धान गर्न नासा र इस्रोको पहिलो संयुक्त प्रयासको प्रशंसा गरेका छन् । इस्रो र नासा स्पेश रिसर्चमा मिलेर काम गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंका अंगरक्षक खड्कालाई पनि १२ दिन म्याद थप
-
प्रधानमन्त्रीको प्रश्न : वियर र ह्वीस्की चोर्नेले क्रान्ति गर्छन् ?
-
स्थानीय तहमा निर्वाचित ३६ हजार बढी दलीय जनप्रतितिनिधको पद खारेजको मागसहित सर्वोच्चमा रिट
-
दुर्गा प्रसाईंविरुद्ध १२ दिन म्याद थप
-
पदमार्गले जोडियो प्रसिद्ध जलजला र माटे
-
बेलायती सभामुख र नेपाली राजदूतबीच शिष्टाचार भेटवार्ता