एकीकृत समाजवादीका नेताहरूको कार्यविभाजन अर्को बैठकबाट
आइतबार, ०६ असोज २०८१, १५ : ४३

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेताहरूको कार्यविभाजन अर्को बैठकपछि मात्रै हुने भएको छ ।
आइतबार बसेको अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदल बैठकमा नेताहरूको कार्यविभाजनबारे सामान्य छलफल गरेर सकिएको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।
सम्मानित नेता झलनाथ खनालले आजको बैठकले अर्को बैठक असोज १० बस्ने निर्णय गरेको बताए ।
एकीकृत समाजवादीको १० राष्ट्रिय महाधिवेशनपछि पार्टीका विभिन्न विभाग, आयोग प्रमुख तथा जनसंगठन, प्रदेश र जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले भेटे थाइल्याण्डका राजा
-
प्रकाश सपुतको ‘वसन्त’ले कति पायो शो ?
-
कोशी पर्यटन वर्ष २०८२ : लक्ष्य १० करोड खर्च गर्ने, तयारी कस्तो ?
-
तीनकुने घटनाका दोषीमाथि कारवाही गर्न नेविसंघको माग
-
तीनकुने घटनाका दोषीमाथि कडा कारबाही गर्न अखिल (समाजवादी) को माग
-
फोहोर नगरेको भन्दै बालेनले दिए शिक्षकहरूलाई धन्यवाद