प्रहरीमा वित्तीय अपराध अनुसन्धान ब्यूरो स्थापना गर्नेबारे सहसचिवको नेतृत्वमा समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले आर्थिक अपराध अनुसन्धान गर्न छुट्टै वित्तीय अपराध अनुसन्धान ब्यूरो स्थापना गर्न प्रस्ताव गरेको छ । प्रहरी प्रधान कार्यालयले ल्याएको प्रस्तावबारे आइतबार गृहमन्त्री रमेश लेखकले मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, आईजीपी वसन्त कुँवर र महाशाखाका प्रमुखहरूसँग छलफल गरेका छन् ।
प्रधान कार्यालयले छुट्टै ब्युरो बनाउँदा १४२ जना प्रहरी कर्मचारीको नयाँ दबरबन्दी थप्न प्रस्ताव गरेको छ । वित्तीय अपराधका घटना दैनिक बढिरहेको भन्दै प्रहरीले ब्यूरो स्थापना गर्नका लागि सुरुवातमा नै ५० करोड बजेट विनियोजन गर्नुपर्ने प्रस्ताव गरेको छ ।
आइतबारको छलफलपछि गृहमन्त्री लेखकले ब्यूरो स्थापना गर्नेबारे अध्ययन गर्न र सुझाव सहितको प्रतिवेदन दिन समिति गठन गरेका छन् । गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख छविलाल रिजालको नेतृत्वमा समिति गठन गरिएको मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । रिजाल नेतृत्वको समितिलाई १५ दिनमा ब्यूरो गठन गर्नेबारे राय सुझावसहितको प्रतिवेदन पेस गर्न भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?
-
‘रोल मोडेल’ बन्न जनप्रतिनिधिलाई प्रचण्डको सुझाव, विज्ञले के भने ?
-
रेड पाण्डाबारे लेखिएको 'नेपालमा हाब्रे' पुस्तक विमोचन
-
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल
-
राजेन्द्र महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, समाज भाँड्न लागेको आरोप