बंगलादेशविरुद्धको दोस्रो टेस्टका लागि भारतीय टोलीको घोषणा

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बंगलादेशविरुद्धको दोस्रो तथा अन्तिम टेस्टका लागि आफ्नो टोलीको घोषणा गरेको छ । पहिलो टेस्टमा आइतबार बंगलादेशलाई दुई सय ८० रनले हराएलगत्तै बीसीसीआईले दोस्रो टेस्टका लागि टोलीको घोषणा गरेको हो ।
भारत र बंगलादेशबिचको दोस्रो टेस्ट सेप्टेम्बर २७ तारिखदेखि कानपुरमा सुरु हुनेछ । बीसीसीआईद्वारा दोस्रो टेस्टका लागि घोषित टोलीमा पहिलो टेस्टमा सहभागी भएका खेलाडीहरुलाई नै निरन्तरता दिइएको छ ।
दोस्रो टेस्टका लागि घोषित भारतीय टोलीमा रोहित शर्मा (कप्तान), यशस्वी जैसवाल, शुभमन गिल, विराट कोहली, केएल राहुल, सरफराज खान, ऋषभ पन्त (विकेटकिपर), रविचन्द्रन आविश्वन, रविन्द्र जडेजा, अक्षर पटेल, कलदीप यादब, मोहम्मद सिराज, आकाश दीप, जसप्रित बुमराह र यश दयाल रहेका छन् । टोलीमा ध्रुव जुरेललाई रिजर्व खेलाडीका रुपमा समावेश गरिएको छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक