एभरेस्ट महिला भलिबल लिग : मधेस युनाइटेडले ट्यालेन्ट हन्टबाट मिनालाई छान्यो

काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको एभरेस्ट महिला भलिबल लिगका लागि मधेस युनाइटेडले ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गरेको छ । मधेस युनाइटेडले ट्यालेन्ट हन्टबाट मिना चौधरीलाई छनोट गरेको हो ।
वीरगन्जको ज्ञानदा एकेडेमीमा भएको ट्यालेन्ट हन्ट कार्यक्रमबाट मधेस युनाइटेडका मुख्य प्रशिक्षक भरत यादव र व्यवस्थापकको टोलीले मिनालाई छनोट गरेको उक्त क्लबले जनाएको छ । ट्यालेन्ट हन्ट कार्यक्रममा यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेका प्रतिभावान् खेलाडीहरू उपस्थित थिए ।
ट्यालेन्ट हन्टमार्फत प्रत्येक क्लबले एकजना खेलाडीमात्र छनोट गर्न पाउने नियम छ । मिनाले अब यही असोज १४ देखि १९ गतेसम्म काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने एभरेस्ट महिला भलिबल लिगमा मधेस युनाइटेडको प्रतिनिधित्व गर्नेछिन् ।
ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गरेपछि मधेस युनाइटेडले आफ्नो टोलीमा १२ जना खेलाडीको कोटा पनि पुरा गरेको छ । आयोजकको नियम अनुसार, हरेक टोलीमा १२ जना खेलाडी सहभागी हुनेछन् । मार्कीसहित आठजना खेलाडी ड्राफ्टमार्फत टोलीमा राखिएको थियो भने तीनजना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम छ । एक खेलाडी भने ट्यालेन्ट हन्टमार्फत छनोट गर्ने प्रावधान छ ।
मधेशले विदेशी खेलाडीका रुपमा कजाकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभ्जेनिया, ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनी र भारतीय भलिबल टोलीकी कप्तान तथा सेटर जिनी कोभातलाई अनुबन्ध गरिसकेको छ ।
नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य निरुता ठगुन्ना मधेस युनाइटेडको मार्की प्लेयर हुन् । अन्य खेलाडीमा संगम महतो, शान्तिकला तामाङ, पूजा थारु, जसना महतो, हिरा केसी, एलिसा मानन्धर, र आशिका क्षेत्री रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ट्रेजरी बिलमार्फत २५ अर्ब २५ करोडको आन्तरिक ऋण उठाउँदै
-
सपना : आन्दोलनरत शिक्षक र प्रधानमन्त्रीको वार्ता
-
सातै प्रदेशमा मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
-
गभर्नर नियुक्ति विवादको रिट आज पनि इजलासको पुछारमा
-
ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयले हाल्यो मुद्दा
-
च्याट लिक कान्डः ट्रम्पले गरे आफ्नो रक्षामन्त्री हेगसेथको बचाउ