विकास निर्माण
न्यूरोडमा फुटपाथ विस्तारको काम अन्तिम चरणमा (तस्बिरहरू)
आइतबार, ०६ असोज २०८१, ०९ : ४३
काठमाडौँ । न्यूरोडमा फुटपाथ विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।पटक पटकको विवाद पछि अहिले भने कामपा २४ वडाको फुटपाथ विस्तार कार्य अन्तिम चरणमा पुगेको हो ।
उच्च अदालत पाटनका न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौँ महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै महानगरले फुटपाथ विस्तार गर्न बाटो खुलेको थियो ।
काठमाडौँ महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको थियो । तर सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गर्नुका साथै पछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।
यसरी सडक डिभिजन कार्यालय, वडा र स्थानीयहरुसँगको पटक पटकको विवाद पश्चात् अहिले भने सो क्षेत्रको फुटपाथ फराकिलो बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ता अभ्यासका लागि राजेन्द्र महतोले गठन गरे नेवा: राष्ट्रिय परिषद्
-
पक्राउ पुर्जी जारी भएपछि के भने सोनु सूदले ?
-
च्याम्पियन्स ट्रफीअघि न्युजिल्याण्डका फर्गुसन घाइते
-
प्रदेशको बजेट खर्च : ६ महिनामा १६ प्रतिशत
-
‘नेपालले परराष्ट्र नीति परिमार्जन गर्नुपर्छ’
-
ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन् : माधव नेपाल