अस्ट्रेलियालाई इंग्ल्याण्डविरुद्ध २–० को अग्रता

लिड्स । अस्ट्रेलियाले दोस्रो खेलमा इंग्ल्याण्डलाई ६८ रनले पराजित गरेको छ । योसँगै टोलीले एक दिवसीय शृङ्खलामा २–० को अग्रता बनाउन सफल भएको हो ।
२ सय ७१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४०.२ ओभरमा २ सय २ रनमा सीमित बन्यो । टोलीका लागि विकेटकिपर जेमी स्मिथले सर्वाधिक ४९ रन बनाए ।
त्यस्तै, बेन डकेटले ३२ रनको योगदान दिए । पुछारका ब्याटर आदिल रसिदले २७ रन, ब्रेडन कार्सले २६ रन तथा ज्याकब बेथलले २५ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ९.२ ओभर बलिङ गर्दै ५० रन खर्चेर ३ विकेट लिए । जोस हेजलवुड, एरन हार्डी र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए । एडम जाम्पाको खातामा एक विकेट पर्यो ।
यसअघि एलेक्स केरीको शानदार इनिङ्सको मद्दतले अस्ट्रेलियाले ४४.४ ओभरमा सबै विकेट गुमाएर २ सय ७० रनको योगफल तयार गरेको थियो । केरीले ६७ बलमा ७४ रन जोडे । उनले यस क्रममा ८ चौका र ३ छक्का प्रहार गरे ।
उनलाई कप्तान मिचेल मार्सले ६० रन बनाउँदै राम्रो साथ दिए । म्याथ्यु सर्ट र ट्राभिस हेडले २९–२९ रन बनाए । हार्डीले पनि २३ रनको योगदान दिए ।
इंग्ल्याण्डका लागि कार्सले ३ विकेट लिए भने म्याथ्यु पट्स, रसिद र बेथलले २–२ विकेट लिए । ओली स्टोनले १ विकेट हात पारे ।
५ खेलको शृङ्खलाको पहिलो खेल अस्ट्रेलियाले ७ विकेटले जितेको थियो । अब तेस्रो खेल मंगलबार खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा