शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
धनीका कुरा

पहिलो ट्रिलिनियर बन्ने संघारमा एलन मस्क

भारतका गौतम अडानी, ताइवानमा जन्मिएका जेन्सेन ह्वाङ र इन्डोनेसियाका प्राजोगो पंगेस्टु पनि २०२८ सम्म ट्रिलियन बन्ने बाटोमा
आइतबार, ०६ असोज २०८१, ०८ : ४४
आइतबार, ०६ असोज २०८१

अब प्रस्ट भयो, संसारले अब छिटै पहिलो ‘ट्रिलियनियर’ (खर्बपति) पाउनेवाला छ । व्यापारिक क्षेत्रमा अनुसन्धान गर्ने संस्था ‘इन्फर्मा कनेक्ट’को एक रिपोर्ट अनुसार अमेरिकी अर्बपति एलन मस्कको सम्पत्ति सञ्चयको यही दर कायम रहने हो भने उनी अबको तीन वर्षपछि विश्वको पहिलो ‘ट्रिलियनियर’ अर्थात् एक हजार अर्ब अमेरिकी डलरको मालिक बन्ने बाटोमा छन् ।

हाल मस्कसँग भएको सम्पत्तिको मूल्यांकन १९५ बिलियन अमेरिकी डलर रहेको भनिएको छ । उनको सम्पत्ति वृद्धिदर हाल कायम ११० प्रतिशतप्रति वर्षको दरले बढ्दै जाने हो भने सन् २०२७ मा उनीसँग भएको सम्पत्ति अमेरिकी डलर १.१९५ प्रतिशत ट्रिलियन अर्थात् एक हजार ११५ अर्ब अमेरिकी डलर पुग्नेछ ।मस्कपछि अर्काे ट्रिलियनियर भारतीय खानी व्यवसायी गौतम अडानी हुन सक्छन्, त्यसपछि प्रविधि कम्पनी एनभिडियाका प्रमुख जेन्सेन ह्वाङ र त्यसपछि इन्डोनेसियाको खानी मालिक प्राजोगो पंगेस्टु । ती सबै सन् २०२८ सम्म ट्रिलियनको आँकडामा पुग्ने बाटोमा छन् ।

लगभग एक अर्ब मानिसका घरमा आज पनि बिजुली जडान भएको छैन, उनीहरूले पक्कै पनि प्रविधि कम्पनी र खानीका साहुहरूले १३ अंकको जादुयी आँकडा छुँदै गरेको चासोका साथ हेरिरहेका हुनेछन् ।

कोही कसरी खर्बाैं डलरको मालिक बन्न सक्छ, वा एकैजनाको हातमा यत्रो धेरै सम्पत्ति जम्मा हुनुको अर्थ के हुन्छ भन्ने विषयमा पछि प्रवेश गरौँला । त्यसअघि यो ट्रिलियन भनेको कति ठुलो मात्रा हो भन्ने हेरौँ ।

मिलियन (१० लाख) धेरै ठुलो संख्या हो । यो भनेको एक हजारवटा हजार हो । यदि तपाईं त्यति डलर निवृत्तिभरण लिएर जागिरबाट निस्किनुभयो भने तपाईंले आफ्ना निवृत्त सहकर्मीहरूभन्दा ९० प्रतिशत बढी बचत गरेको हुनुहुनेछ ।

लगभग एक अर्ब मानिसका घरमा आज पनि बिजुली जडान भएको छैन, उनीहरूले पक्कै पनि प्रविधि कम्पनी र खानीका साहुहरूले १३ अंकको जादुयी आँकडा छुँदै गरेको चासोका साथ हेरिरहेका हुनेछन् ।

एक बिलियन (अर्ब) भनेको १० लाखवटा हजार हो । मिलियन सेकेन्ड पार हुन १२ दिन लाग्छ तर बिलियन सेकेन्ड पूरा हुन ३१ वर्ष लाग्छ । अर्थात् एक ट्रिलियन सेकेन्ड पूरा हुन ३१ हजार वर्ष लाग्छ ।

यदि तपाईंसँग एक ट्रिलियन (१० खर्ब) अमेरिकी डलर छ र यसलाई हरेक साल चार प्रतिशतको ब्याजमा बचत गर्नुहुन्छ भने तपाईं हरेक साल ब्याजबापत ४० बिलियन डलर पाउनुहुन्छ ।

एक ट्रिलियन डलर कसैलाई चाहिँदैन । यो पैसा जसरी बढ्छ, त्यसरी नै कसरी खर्च गर्छन् भन्ने हेर्न धेरै गाह्रो छ । यसले ट्रिलिनियरको उदय हुन कसरी दिएर समाज, अर्थतन्त्र र लोकतन्त्रले काम गर्छन् भन्ने महत्त्वपूर्ण प्रश्न उठाउँछन् । ट्रिलियनको औचित्य सिद्ध गर्न गाह्रो छ ।

फ्रान्सका राजा लुई १५औँले भर्सेलीको दरबार बनाउन आजको मूल्यमा लगभग २०० देखि ३०० बिलियन अमेरिकी डलर हाराहारी खर्च गरेका थिए, तर यो उनको मात्र दरबार थिएन ।

इजिप्टका भीमकाय संरचना पिरामिड र स्फिंक्सहरू सस्तोमा तयार भएका होइनन् । तर यस्ता खर्चहरू ईश्वरको रोजाइमा पर्न वा अमरता हासिल गर्न आवश्यक ठानिन्थे । 

यहाँ नश्वर मानिसहरूमा चाहिँ केही सीमित मानिसहरूले सम्पूर्ण स्रोत–साधनमा प्रोत्साहन सिर्जनाका नाममा कब्जा जमाउँदा सबैलाई फाइदा हुन्छ भन्ने कुरामा केही मान्छेहरू विश्वास गर्छन् ।

जसरी हजारौँ वर्षसम्म पुस्तौँ पुस्ता किसानहरू मरणोपरान्त इनाम पाउने आशामा आफ्नो कठोर जीवन धानिरहे, तर राजाहरू यही लोकमा स्वर्गको भोग गरे । आधुनिक अर्थतन्त्रमा पनि त्यसैगरी हामीलाई धन र समृद्धि आखिर यसैगरी हामीमा चुहेर आउँछ, त्यसैले हामीले निरन्तर कठोर श्रम गरिरहनुपर्छ भनिएको छ ।

हाम्रो दुर्भाग्य । दुई सयजना अस्ट्रेलियाली अर्बपतिको सम्पत्ति ४०.६ अर्ब डलरबाट बढेर २० वर्षमा ६२५ अर्ब डलर पुग्दा न अस्ट्रेलियाको अर्थतन्त्र बढेको छ, न त साधारण कामदारको ज्याला नै बढेको छ ।

उच्च मुनाफा अस्थायी हुन्छ

प्रोत्साहनले अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

अठारौँ शताब्दीका अर्थशास्त्री आडम स्मिथले परिकल्पना गरेको कथित ‘खुला बजारमा’ यदि मेरो खेती पद्धति वा सिलिकन चिप धेरै राम्रो छ र सबैले मन पराउँछन् भने मैले सुरुवाती नाफा पाउनु मात्रै उचित मानिन्छ ।

तर केही समयपछि सबै मानिस आफ्ना ठिक त्यस्तै सामानहरू बेचेर मसँग प्रतिस्पर्धा गर्न स्वतन्त्र हुनेछन् र फलस्वरूप मलाई अधिक र असामान्य नाफा पाउनबाट रोक्नेछन् ।

बजारहरू खुला छैनन् र राम्रोसँग काम गर्दैनन्, यो नै समस्या हो । यो कुनै संयोग होइन कि संसारमा सबैभन्दा धेरै कमाइरहेका व्यापारीसँग प्याटेन्ट वा प्रयोगकर्तालाई बन्द गर्ने कुनै प्रणालीले निश्चित गरेका प्रविधि वा प्राकृतिक स्रोतको एकाधिकार रहेको छ ।

धन आफैँ चुहिँदै झर्ने वा अझै बराबर बाँडिने कुरालाई धैर्यतापूर्वक पर्खिरहेकाका लागि यो दुःखद खबर हो ।

उच्च नाफा अस्थायी हुनका लागि हो ।

प्रोत्साहनले हाम्रो अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ र गर्छ ।

प्रविधि–सामन्तवादले नाफा बढाइरहन्छ ।

ग्रीसका पूर्वअर्थमन्त्री यानिस भारुफाकिसले आज हामी बाँचिरहेको दुनियाँलाई टेक्नोफ्युडलिजम् (प्रविधि–सामन्तवाद) भनेका छन्, जहाँ अनलाइन प्लेटफर्महरूले आफ्ना कामदार, उपभोक्ता र उत्पादक सबैलाई शोषण गरिरहेका छन् । यस्तो कुरा आडम स्मिथले कल्पना पनि गर्न सक्दैनथे होला ।

प्रवेश शुल्कको रूपमा नै आफ्ना व्यक्तिगत विवरण र छनोट प्राथमिकताहरू बुझाउनुपर्ने प्लेटफर्महरू सिर्जना गरिसकेपछि, आधुनिक टेक कम्पनीहरूले नयाँ खालको ‘अल्केमी’ प्रयोग गरेर हाम्रो डाटालाई ज्ञानमा रूपान्तरण गर्छन् । त्यसले उनीहरूलाई तपाईंलाई त्यही प्लेटफर्ममा टिकाउने, तपाईंलाई शोषण गर्ने वा तपाईंलाई देखाएर विज्ञापन दाता वा वस्तु आपूर्तिकर्तालाई पनि शोषण गर्ने प्रबन्ध मिलाउँछन् ।

मोटर कारखाना वा फास्ट–फुड चेन कति ठुलो बनाउने, कति बढाउने भन्ने कुराको सीमा छ, तर अरु नै उत्पादकको उत्पादन बेचेर वा विज्ञापन गरेर या उनीहरूले सबै सूचना र जानकारी थाहा पाएका मानिसको उपयोग गरेर प्लेटफर्मबाट कति पैसा कमाउने भन्ने सीमा नै छैन ।

नाफाको नियन्त्रण गर्नु बजारमुखी काम नै हो ।

ती नाफाहरू प्रतिस्पर्धा गर्न चाहनु पुँजीवादीविरोधी होइन, बजारमुखी काम नै हो ।

जब संयुक्त राज्य अमेरिकाले २०औँ शताब्दीको सुरुमा जेडी रकरफेलरको तेल एकाधिकार तोड्यो, तेल उद्योग लोप हुनुको सट्टा झन् समृद्ध भयो । उपभोक्ताहरू र रकरफेलरसँग व्यवहार गर्ने व्यवसाय अझ राम्रो भएका थिए र समग्र अर्थतन्त्र पनि त्यस्तै राम्रो भएको थियो ।

लोकतन्त्रसँग अहिलेका लागि दुर्लभ स्रोतहरूको बिक्री गरेर र हामीलाई फसाउने प्लेटफर्महरूको सिर्जनाबाट अर्बपतिहरूको नयाँ वर्ग (र चाँडै ट्रिलियनहरू) लाई प्रवाहित ठुलो फाइदा पुनः वितरण गर्न कर र नियमहरू प्रयोग गर्ने शक्ति छ ।

त्यो शक्ति हामीले कसरी र कसरी प्रयोग गर्ने भन्ने कुरा हामीमा निर्भर छ, तर हामीसँग यो लामो समयसम्म नहुन सक्छ । अर्बपति र खर्बपतिहरूको नयाँ वर्ग जति बढ्दै जान्छ, त्यति नै राजनीतिक प्रणालीलाई मरणशील व्यक्तिहरूको भन्दा आफ्नो स्वार्थको रक्षा गर्न प्रयोग गर्न सक्षम हुनेछ ।

(रिचर्ड डेन्निस अस्ट्रेलिया नेसनल युनिभर्सिटीको क्रफर्ड स्कुल अफ पब्लिक पोलिसिका सहप्राध्यापक हुन् ।)

(उनको यो लेख एसिया टाइम्सबाट लिइएको हो ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रिचर्ड डेन्निस
रिचर्ड डेन्निस
लेखकबाट थप