सलमानकी बुहारीसँग ऋषि कपुरको झगडापछि नितुले माफी मागिन्, सोनमको रिसेप्सनमा भएको थियो बबाल
सोनम कपुरको विवाहको रिसेप्सनमा श्रीमती नितुसँग पुगेका ऋषि कपुरको सलमानका भाइ सोहेल खानकी श्रीमती सीमासँग झगडा भएको बताइएको छ । रिपोर्टका अनुसार उक्त झगडापछि नितु कपुरले ऋषि कपुरको गल्ती स्विकार्दै सोहेल खानसँग माफी मागेकी छिन् । झगडापश्चात् खान परिवार रिसाएको बताइएको छ ।
सूत्रका अनुसार ऋषि कपुर पार्टीमा सलमानको व्यवहारका कारण रिसाइरहेका थिए । सलमानले ऋषि कपुरसँग राम्रोसँग कुरा नगरेको र व्यवहार पनि राम्रो नदेखाएको भन्दै भड्किएका थिए । सलमान पार्टीमा नाच्ने गाउने लगायतका कार्यक्रममा व्यस्त थिए । ऋषि कपुरले यसबारे सोहेलकी श्रीमती सीमासँग यसबारे कुरा गर्दा दुबैबीच विवाद भयो । पछि सीमाले यसबारे सलमानलाई यसबारे जानकारी दिएपछि उनी निकै रिसाएको स्रोतले बताएको छ ।
सोनम कपुरले ८ मे मा आफ्ना प्रेमी आनन्द आहुजासँग विवाह गरेकी थिइन् । दिउँसो विवाह भयो भने राती होटल लीलामा भव्य पार्टीको आयोजना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुज भएर जाने जहाजबाट २० प्रतिशत टोल फी असुल्न खोज्दैछन् ट्रम्प
-
गगनको घर अगाडि भेटिएको गाडी नछोड्न कांग्रेस समर्थकको दबाब
-
समस्याग्रस्त सहकारीविरुद्ध साउन १ गतेदेखि अनलाइनबाटै उजुरी दिन सकिने : मन्त्री रायमाझी
-
सेमिफाइनलमा बेलोन डी’ओर विजेताहरूः फेरि इतिहास रच्ने दाउमा
-
बागमती प्रदेश सरकारद्वारा समस्याग्रस्त पाँच सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
-
वर्तमान शासन संरचनामा असान्दर्भिक देखिएका कानुनी एवं संस्थागत प्रावधानहरू खारेज गर्न आवश्यक: अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण