उपसभामुख राना स्वदेश फिर्ता
आइतबार, ०६ असोज २०८१, ०० : ०१

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर रुसी महासंघको पाँच दिने औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्किएकी छन् ।
रुसको सेन्टपिर्टसवर्ग सहरमा भएको चौथो युरेसियन महिला फोरममा सहभागी भएर उनी शनिबार साँझ स्वदेश फर्किएकी हुन् ।
रुसी महासङ्घ र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा यही असोज २ देखि असोज ४ गतेसम्म चौथो युरेसियन महिला फोरम सञ्चालन भएको थियो ।
उपसभामुख रानाले उक्त फोरमलाई असोज २ गते सम्बोधन गरेकी थिइन् । सम्बोधनका क्रममा उपसभामुख रानाले महिला तथा बालबालिकाको अधिकार उपभोगमा देखिएका चुनौती तथा प्रविधिको प्रयोगबाट आएका विकृति रोक्ने विषयमा आफ्ना धारणा राखेकी थिइन् । फोरममा सहभागी हुन उनी असोज १ गते त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनाको अवधिमा विपद्जन्य घटनाबाट ४१ जनाको मृत्यु, करोडौँको क्षति
-
भारतबाट पोखरा जाँदै गरेको बस दुर्घटना, २१ जना घाइते
-
सङ्घीय मामिलामन्त्री गुप्ता अमेरिका प्रस्थान
-
राप्रपा नेताहरू पशुपति, प्रकाशचन्द्र, रवीन्द्र, धवललगायतको पद धरापमा !
-
नासिए मौलिक सम्पदा
-
धवलशमशेर छुट्ने भएपछि भद्रकालीमा राप्रपा कार्यकर्ताको भिड (तस्बिरहरू)