एयरपोर्ट नजिकै खुल्यो प्रेसिडेन्ट होटल

काठमाडौँ । त्रिभुवन विमानस्थल नजिकै शम्भुमार्गमा प्रेसिडेन्ट होटल सञ्चालनमा आएको छ । प्रेसिडेन्ट ग्रुपले आफ्नो १५ औँ आउटलेटका रुपमा सञ्चालित यो होटल शनिबारदेखि सञ्चालनमा आएको हो ।
२५ कोठा क्षमताको एयरपोर्ट होटलमा हरेक कोठामा मिनीबारसँगै लिफ्ट, रुफटप रेष्टुरेन्ट, व्यवस्थित पार्किङ लगायतका सुविधा छन् ।
'हामीले असोज मसान्तभित्रै सञ्चालनमा आउने गरी रुपन्देहीमा अर्को आउटलेट खोल्ने तयारी गरेका छौँ,' एयरपोर्टमा होटलको सेवा शुभारम्भ गर्दै ग्रुपका अध्यक्ष टीआर भण्डारीले भने, 'कुरिनटार, चितवनको रत्ननगर, गुल्मी, पोखरा, पाल्पा र जनकपुरमा पनि होटल विस्तार गर्ने योजना छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा कम्तीमा ५ वटा प्रेसिडेन्ट सेकुवा सञ्चालनका लागि गृहकार्य भइरहेको छ ।'
उनका अनुसार समूहले तीन सय जनालाई रोजगारी दिँदै आएको छ । उनीहरूमध्ये २८ जना फरक क्षमताका छन् ।
प्रेसिडेन्ट होटलमा सिस्नो चिकन, मसरुम सिस्नो, पनिर सिस्नो लगायतका सिग्नेचर मेनु समावेश छन् । एयरपोर्टमा खुलेको यो होटलले २४ सै घण्टा सेवा दिनेछ । यहाँ तीन सिफ्टमा ४० जना स्टाफ खटाइएको ग्रुपले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ