भक्तपुरमा कार दुर्घटना, सात जना घाइते
शनिबार, ०५ असोज २०८१, २२ : २६

भक्तपुर । नगरकोटबाट सुडालको कलमसी हुँदै भक्तपुरतर्फ फर्कंदै गरेको कार आज साँझ दुर्घटना हुँदा सातजना घाइते भएका छन् । नगरकोटबाट फर्कंदै गर्दा चाँगुनारायण नगरपालिका–८ सुडाल हनुमान चोकमा बा.१८च. २५११ नंको निजी कारको ‘ब्रेक फेल’ भई अनियन्त्रित भएपछि सडकबाट अन्दाजी ५० मिटर तल खसेर दर्घटना भएको प्रहरी प्रभाग सुडालले जनाएको छ ।
झापा दमक नगरपालिका–१० घरभएकी निशा श्रेष्ठका नाममा रहेको उक्त कारमा सवार तीन महिला, दुई पुरुष र दुई बालक घाइते भएका उनीहरूलाई उपचारका लागि मध्यपुर अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घाइतेहरूको नाम र ठेगाना अझै आउन बाँकी रहेको जिल्ला प्रहरी परीसर भक्तपुरका प्रहरी नायव उपरीक्षक मोहनमाणि अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पलाई हेर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने-शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन
-
श्रम लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावासको आग्रह
-
गणेशजीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
महाशिवरात्रि मेलाको तयारी पूरा
-
अमेरिकी डलरको भाउ घट्यो, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
इटालियन सिरी’एमा एएस रोमाकोे शानदार जित