मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान
शनिबार, ०५ असोज २०८१, १९ : १०

महोत्तरी । मधेस प्रदेशमा गल्फ मैदान (कोर्स) तयार भएको छ । मैदान नेपाली सेनाले बनाएको हो ।
बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना परिसरमा निर्मित मैदानको प्रधानसेनापति अशोकराज सिग्देलले आज आयोजित एक कार्यक्रममा उद्घाटन गरे । त्यस अवसरमा आयोजित गैरव्यावसायिक प्रतियोगितामा ७० जनाले प्रतिस्पर्धा गरेका थिए ।
उद्घाटन समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँसहित उच्च पदस्थ अधिकारीको सहभागिता थियो । प्रतियोगिताका विजयी खेलाडीलाई मुख्यमन्त्री सिंह, मन्त्री मियाँ र प्रधानसेनापति सिग्देलले पदक प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समीरकाे जन्मदिन पारेर ‘बलिदान’ ले ल्यायो एक्सनपूर्ण प्रि–टिजर
-
आवासीय चिकित्सकहरूको आन्दोलन किन रोकिएन ?
-
नवौँ पोखरा स्पोटर्स अवार्ड : ४ विधामा मनोनयन सार्वजनिक
-
युवापुस्तामा आशा जगाउने नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्तारुढ दलहरुको सुझाव
-
युक्रेनी लडाईंमा ४७०० उत्तर कोरियाली सेना मारिए : दक्षिण कोरिया
-
रेशम चौधरी पक्राउपछि कार्यकर्ताको नाराबाजी (तस्बिरहरू)