यश लामाको ‘बहिष्कृत आवाज’ सार्वजनिक

मकवानपुर । कवि यश लामाको ‘बहिस्कृत आवाज’ कविता कृति सार्वजनिक गरिएको छ । शनिबार हेटौँडामा एक कार्यक्रमका बिच लामाको कृति ‘बहिस्कृत आवाज’ सार्वजनिक गरिएको हो ।
कार्यक्रममा डा. रामजी राम, साहित्यकार निमेष निखिल, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली, कवि लामाकी छोरीले कविता सङ्ग्रह सार्वजनिक गरेका हुन् । लामो समयदेखि मकवानपुरलाई कर्म क्षेत्र बनाउँदै आएका सशक्त हस्ताक्षर कवि लामाको ‘बहिष्कृत आवाज’ पहिलो कविता कृति हो ।
बाराको निजगढ नगरपालिका–७ का स्थायीवासी लामाले करिब १० वर्षको अवधिमा लेखेका ४५ वटा कवितालाई ‘बहिष्कृत आवाज’ मा समावेश गरेका छन् । कवितासंग्रहमा सामाजिक रूपमा पछाडि परेका र समाजबाट बहिष्कृत भएका वर्गको आवाज कवितामार्फत प्रस्तुत गर्ने प्रयास गरिएको लेखक लामाले बताए ।
सांग्रिला बुक्सद्वारा प्रकाशित कवितासंग्रहमाथि मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली र डा. रामजी रामले टिप्पणी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
-
कालीगण्डकी डाइभर्सनविरुद्ध तल्लो तटीय क्षेत्र, १० पालिकाको विरोध
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित
-
स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने