परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबिच भेटवार्ता

टोरन्टो । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता ओडोबेस्कुबिच क्यानडाको टोरन्टोमा शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ । सो भेटवार्ताका क्रममा नेपाल रोमानिया सम्बन्ध तथा दुई देशबिचको आपसी हितका विविध विषयमा कुराकानी भएको थियो ।
क्यानडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री डा राणा हाल क्यानडा छिन् । सो भेटवार्ताका क्रममा नेपालका हाइड्रोपावर लगायतका विभिन्न क्षेत्रमा लगानीका लागि मन्त्री डा राणाले उनीमार्फत् रोमानियाली सरकार र त्यहाँका लगानीकर्ताहरूलाई आग्रह गरेकी थिइन् ।
वार्तामा रोमानियाली विदेशमन्त्री लुमिनिताले नेपालमा जलस्रोत व्यवस्थापन, पर्यटन र शिक्षाका क्षेत्रमा काम गर्न सकिने गरी चाख देखाएकी थिइन्। त्यस्तै दुई देशबिचको द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा पनि सो भेटका क्रममा कुराकानी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा हरेक दुई महिनामा निःशुल्क स्वास्थ्य शिविर
-
जेनेभा प्रस्थान गर्दै परराष्ट्रमन्त्री राणा
-
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
-
आईसीसी च्याम्पियन्स ट्रफी फर्ममा फर्कने प्रयासमा रहेका अस्ट्रेलिया र इंग्ल्याण्डबिच आज भिडन्त
-
नेपाल सुपर लिग : कुन खेलाडी कुन टोलीमा पुगे ?
-
प्लस टु सञ्चालन गर्न चन्दा उठाएरै ७० लाखको अक्षय कोष