धनराज निर्दोष भए माला लगाउनुहुन्छ, दोषी भए जेल जानुहुन्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा पार्टीका उपसभापति धनराज गुरुङ दोषी पाइए कारबाही गर्ने बताएका छन् । कांग्रेसको झापा काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै शर्माले गुरुङमाथि छानबिन सुरु भइसकेको दाबी गरे ।
उनले भने–‘हाम्रो उपसभापतिमाथि छानबिन हुनुपर्छ, छानबिन प्रक्रिया अघि बढेको छ । त्यो प्रक्रिया अवरुद्ध गर्न कांग्रेस कहीँ लागेन । कहीँ दबाब दिएन । आज सीआईबीले छानबिन प्रक्रिया सुरु गरेको छ । धनराज गुरुङ छानबिन गर्दै गर्दा निर्दोष देखिनुहुन्छ, माला लगाउनुहुन्छ, कांग्रेसको नेतृत्व गरेर अगाडि जानुहुन्छ, दोषी देख्नुहुन्छ, जेल जानुहुन्छ ।’ उनले पुरानो दलले यति भन्न सक्ने तर नयाँ दलले भन्न नसक्ने उल्लेख गरे ।
उनले कांग्रेसले लिएको अडानका कारण अहिले ८७ अरब रुपैयाँको हिसाबकिताब अपचलन भएको तथ्य बाहिर आएको बताए । २० लाख ठगिने मानिसलाई बचाइएको बताउँदै १७ हजार मान्छे मारिएपछि अर्को १७ हजार मारिन कांग्रेसले नै झन्डा उठाएको र आज २० लाख मानिसलाई मर्नबाट जोगाउन पनि कांग्रेसले भूमिका खेलेको उल्लेख दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाबाट ‘डिपोर्ट’ भएका १२ भारतीय बोकेर दिल्ली आइपुग्यो विमान
-
३३७२ जोर जुत्ता भन्सार छलेर ल्याएको आरोपमा तीन जनाविरुद्ध १० करोडको मुद्दा
-
इजरायलले वेस्ट बैंकका तीन शरणार्थी शिविर खाली गरायो
-
विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने
-
दुध ढुवानीमा समस्या देखिएको भन्दै संघद्वारा सहज आवागमनको माग
-
नेपाली जनप्रगतिशील मञ्च बहराइनको १५औं स्थापना दिवस सम्पन्न